Latest News

‘संवैधानिक राजतन्त्रमा सहमति थियो’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले पटक–पटक आफ्नो हैसियतबारे नेपाली राजनीतिमा सवाल उठाउँदै आएका छन् । हालै पनि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दीवसको उपलक्ष्यमा एक विज्ञप्ती जारी गर्दै पूर्व राजाले मुलुकमा आफ्नो नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।
यस अघि पूर्व राजाले आफुले शासन सत्ता छाड्नु अघि तत्कालिन दलहरुसँग जे जस्ता सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए, त्यसलाई कार्यन्वयनमा ल्याउनुपर्ने तर्फ जोड दिदै आइरहेका छन् । २०६२÷६३ को जनआन्दोलन उत्कर्षमा पुगेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले आन्दोलनरत सात दलका शीर्ष नेताहरुसँग बार्ता र समझदारी कायम गरी विघटित प्रतिनिधि सभा पुनः स्थापना गरेका थिए । तत्पश्चात २०६४ जेठ १५ गते बसको संविधानसभाको पहिलो बैठकले औपचारिक रुपमा गणतन्त्रको बहाली र राजतन्त्रको अन्त्य भएको निर्णय गरेको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहले सो अवसरमा तत्कालिन राजनैतिक आन्दोलनकारी दलहरुसँग संवैधानिक राजतन्त्र रहनेगरी सहमति भएपनि, दलहरुले सहमति अनुसार कार्य नगरेको खुलासा समेत गरेका छन् । २०६३ साल बैशाख ११ गते ज्ञानेन्द्र शाह र तत्कालिन सात पार्टीहरु बीच भएको सम्झौतामा संवैधानिक राजतन्त्र राख्ने सहमति भएको बारे नेपाली जनताबीच व्यापक चर्चा चलिरहेकै परिप्रेक्ष्यमा पूर्व राजा ज्ञानेन्द्र शाहले यसकुराको थप पुष्टि गरेका हुन् । तत्कालिन युवराज पारस शाहको छोरा हृदयन्द्र शाहलाई ‘बेबी किङ्ग’ बनाउने गरी प्रतिनिधि सभा स्थापना गरेको हुन सक्ने जानकारहरुले बताउँदै आएको बेला ज्ञानेन्द्र शाहले यस्तो खुलासा गरेका हुन् । राजाको यस्तो खुलासा सँगै तत्कालिन समयमा बार्तामा बसेका नेपालका दलहरुका खुलासा सँगै गणतन्त्रप्रतिको जनआस्था छताछुल्ल भएको छ ।

« PREV
NEXT »

यसमा तपाइको मत