Latest News

किरात समाजमा ‘सेतो रंग’को महत्व

सेतो रंग सत्य शान्ति, अहिंसा, पवित्रताको प्रतिक हो भने रातो रंग हिंसा, क्रान्तिको प्रतिक हो । किराती संस्कारमा सेतो रंगलाई शुभ, प्रिय, पवित्र रंगको रुपमा मान्यता प्राप्त छ । भगवानलाई सेतो फूल, सेतो कपडा, सेतो चन्दन चढाइन्छ । बेहुला बेहुलीहरुलाई सेतो रंगको बस्त्र पहिर्याइन्छ । प्राय सब जनजातिका पण्डित, पूजारी, माङपा, फेदाङवाले, पूजा संस्कार गर्दा सेतो जामा लाउँछन् । शीरमा सेतो फेटा गुच्छन् । जनजातिहरुको पुरानो पहिरनमा सेतो मेरली बहु प्रचलनमा थियो । अझैं पनि गण्डकी प्रदेशतिरका गुरुङ, मगरहरु, धनकुटाका आठेपहरीया राईहरु, तराईका थारु धिमालहरुमा सेतो मेख्ली लगाउने चलन छदैछ । कर बलले दशै तिहार मानेता पनि जनजातिहरुमा सेतो टिका लगाउने चलन थियो । तामाङ्ग, शेर्पा, थकाली, गुरुङ्गहरु फूलको मालाको सट्टा खादा प्रयोग गर्छन् । यी जातीहरु खानेकुरा दिँदा भातमा थोरै सेतो पीठो राख्दछन् यसलाई शेर्पाहरु चाका भन्छन् । ह्योलमुलीहरु चामगीन भन्छन् मृत्यु संस्कार कार्यमा यस्तो ‘चाका’ राखिदैन । यी जातिहरुले ल्होसा(नयाँ वर्ष) मनाउँदा अविरको सट्टा सेतो पीठोले अभिषेक गर्छन् । घरको ढोका, खम्बा, निदाल, भिाहरुमा सेतो पीठोले शुभ मंगलका चित्रहरु बनाउँछन् । जनजातिहरु कैलाशवासी, अहिंसावादी हुन भनी ठोकुवा गर्न सकिन्छ । हिमालबाट छुट्टीएर गएरका जनजातिमा पनि सेता वस्त्र सेतो रंगलाई नै पवित्र मान्ने चलन पाइन्छ । तर फरक यति छ उनीहरु भोग बलीको लागि सेतो गोरु सेतो वस्त्र र सेतो कुखुरालाई पवित्र मान्छन् । वरु यस कुरामा नेपालका जनजातिहरुलाई केही बाँठो(?) मान्नुपर्ला किनकी उनीहरु भोग बलीको लागि कालो कुखुरा, कालो बाख्राको मार्ग गर्छन् । अर्थात् कालो कामको लागि कालो रंगलाई उपयुक्त मान्नु ठीक हो । कालो कामबाट उकालो कहिल्यै बढ्न सकिन्न भन्ने चेत खुल्नु मात्र बाँकी रह्यो । लेम्लेम्बा

« PREV
NEXT »

यसमा तपाइको मत