Latest News

मोदी नेपालमा हिन्दू राष्ट्र चाहन्छ

काठमाडौं । मोदी ‘सर’ नेपालमा हिन्द राष्ट्र बनाउन चाहन्छन् भन्ने कुरा भारतीय जनता पार्टीकै एक वरिष्ठ सदस्यद्वारा थाहा हुन आएको छ । ‘स्वास्नी मानिसहरुका रुद्र घण्टी हुँदैन’ भन्ने हिन्दूभीरुहरुकै कथनलाई चरितार्थ गर्दै भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष रेणु देवीले आफ्नो पार्टी भाजपाको नेपाल प्रति लिएको अति गोप्य नीतिलाई सार्वजनिक गर्दै स्वाभिमानी नेपालीलाई आश्चार्य चकित तुल्याईदिएकी छिन् ।
दिल्लीमा भएको एक कार्यक्रममा भारतीय सत्तारुढ दलका राष्ट्रिय उपाध्यक्ष समेत रहेकी रेणु देवीले जातीय संघीयतामा गए नेपाल टुक्रा टुक्रामा विभाजित हुनेछ, भारत जातीय संघीयताको विपक्षमा रहेको बताउँदै नेपाललाई पुरानै बाइसे चौबिसे राज्य बनाउन खोज्नेहरुको षड्यन्त्रलाई भारतले टुलुटुलु हेरेर बस्न नसक्ने पनि उपाध्यक्ष रेणु देवीले बताइन् । नेपालको एकता स्थीरता र विकासको लागि भारत सँधै चिन्तित रहेको औल्याउँदै नेपाललाई गिद्धे दृष्टिले हेर्नेहरु यति बेला सल्बलाई रहेका छन्, यसप्रति भारत सतर्कतापूर्व रहेको बताइन् । तर कुन र कस्ता तत्व नेपालमा सल्बलाई रहेका छन्, त्यो कुरा भने बताइनन् । सोही अवसरमा रेणु देवीले ‘नेपाल सँधै हिन्दू राज्य नै रहेको तर्क दिँदै, भाजपा नेपालमा हिन्दू राष्ट्रनै चाहन्छ भन्ने कुराको खुलासा समेत गरिन् ।
नेपालको कम्युनिष्ट गठबन्धनप्रति लक्षित गर्दै रेणु देवीले कम्युनिष्टहरुले देशलाई ध्वस्त पारेको घटना औल्याउँदै ‘माओ’को नाउमा कम्युनिष्टले नेपाललाई पछाडि धकेलेको उल्लेख समेत गरिन् ।

« PREV
NEXT »

यसमा तपाइको मत