Latest News

राजतन्त्रभन्दा गणतन्त्र जनघाती

काठमाडौं । छहरा साप्ताहिक । राजतन्त्रको पतन र गणतन्त्रको उदय पश्चात ठूला दलहरुका उग्रवादी र अहंकारवादी सोचका कारण मुलुक ‘लथालिंगे देशेको भताभुंगे चाला, ज–जसले पाउला उ–उसले खाला’को अवस्थाबाट गुज्रिरहेको छ  । दलहरुका यसप्रकारको रवैयाबाट नेपाली जनतामा असन्तोष पैदा भएको छ ।
आफुलाई बढी लोकतान्त्रिक ठान्ने दलहरुनै अदालत जस्तो जनआस्थाका धरोहर समेतलाई आ–आफ्ना स्वार्थमा ढाल्ने प्रयास गर्नुका साथै कर्मचारी प्रहरी प्रशासनलाई समेत पार्टीकरण गरेर जनताबाट विमुख तुल्याउने काम गरेका छन् । जनता अन्याय, अत्याचार, अभाव र महँगीको मारमा छन् । महँगाई र भ्रष्टाचारको कुरै नगरौं । राजनैतिक दलहरु सत्ताछिना झम्टीमानै व्यस्त छन् ।
सत्ता प्राप्तिको खातिर बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनको नाममा अपवित्र गठबन्धन गरिदो छ । यही गठबन्धनभीत्र, आदिवासी जनजाति, पिछडाइएका समुदाय रुमलिई रहेका छन् । ठोस निर्णयको अभावमा मुलुक दीशा विहिन बनेको छ । नेताहरुलाई देश र जनताको कुनै चासो छैन, चासो छ त केवल विदेशी प्रभुको आशिर्वाद लिने । विदेशीले नेपाली अस्मितामाथि आँच पुग्ने खालका कुरा गर्दा समेत दलका नेताहरुलाई कुनै मतलब छैन । पछिल्लो पटक तिब्बतीयन धर्मगुरु दलाई लामाले बुद्धको बारेमा अर्नगल कुरा फलाक्दा समेत कुनै नेताको निमित्त सरोकारको विषय बन्न सकेन ।
राजतन्त्रको पालामा समेत नभएका देशघाती काम गणतन्त्र बहाली पश्चात भएका छन् । ईतिहासमा वीपी कोइरालाले समेत गर्न नमानेका कामहरु गणतन्त्र बहाली पश्चात भकाभक हुँदैछन् । नेपालमा बामआन्दोलनले शीखर चुम्दै गर्दा जातीय आत्मनिर्णयको अधिकारका कुरा उठाएर स्वाभीमानी, सार्वभौम आदिवासी जनजातिको समर्थन लिँदै उनीहरुलाई पुरापुर उपयोग गरेपछि थांग्नामा सुताउने जस्तो घातक काम अहिले भएको छ । तीन हजार वर्षभन्दा लामो इतिहास भएको नेपालका आदिवासी जनजातिलाई सस्तो नारामा अल्मल्याईदै छ । र भोट बैंक मात्र बनाइदैछ । लोकतान्त्रिक र बाम गठबन्धनको नाममा आदिवासीले बोक्दै आएको पहिचानको मुद्दा अहिले ओझेलमा पारिदै छ । हेक्का राख्नु पर्ने कुरो यही हो ।

« PREV
NEXT »

यसमा तपाइको मत