Latest News

विप्लव बमले आदिवासी ठहरै

काठमाडौं । छहरा साप्ताहिक । २५० वर्षयतादेखि अधिकार र पहिचानको खोजीगर्दै आइरहेका आदिवासीहरुलाई यथास्थितिवादीहरुले मात्र होइन स्वाभिमानी नेपाली जनताको खोसिएका हकहितको जगेर्ना गर्न तम्सिएका नेत्र विक्रमचन्द नेतृत्वको पार्टीको बमले समेत आदिवासी जनजाति निमुखाकै संहार गर्न थालेको छ । पछिल्लो पटक उसको प्रहार ठूला धनाढ्य शोषक, सामन्ती प्रति नभएर निरिह आदिवासी प्रति लक्षित भएको पाइएको छ ।
समाचार अनुसार मंसिर १२ गते दाङ तुल्सीपुरमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने कांग्रेसको चुनावी सभालाई लक्षित गरि बम विष्फोट गराउँदा नेतालाई होइन तुल्सीपुर १२ उरहरीका २३ वर्षीय आदिवासी युवा विनोद चौधरीलाई बमले मृत्युको मुखमा पुर्याएको दुखद खबर छ । निज विनोद चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदा हुँदै १२ गते नै मृत्यु भएको हो । विष्फोटमा परि मृतक चौधरी सहीत नौ जना घाइते भएका छन् । घाइते सबै आदिवासी मूलका रहेका छन् यी मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको दाङ प्रहरीद्वारा थाहा भएको छ ।

« PREV
NEXT »

यसमा तपाइको मत