रोजी रोटीको कुनै प्रवाह नै नगरी हजारौं–हजार कर्मचारी देखि लिएर बुढाबुढी, बालबालिकासमेतले लोकतन्त्र स्थापना गर्नमा आफ्नो पराया कोही नठानी यसको उसको नेतृत्व नभनिकन वा मेरो काम बित्यो यो मेरो समय खेर गयो नभनिकन गणतन्त्र बहालिको लागि युद्धरत रहे । सबैको यस प्रकारको युगान्तकारी योगदान स्वरुप, मुलुक लोकतन्त्र, गणतन्त्रमय भयो । कतिपयले न यसमा तरसम्म मार्न भ्याए पनि ।
तर राष्ट्रवादी सचेत नेपालीहरु पत्रकार, बौद्धिक समुदाय, नागरिक समाज कस्तो गणतन्त्र ल्याइएछ भनेर पुर्पुरोमा हात राखेर सोच्न बाध्य भएका छन् । र गणतन्त्रको नाममा जेमन्त गरिएकोमा दुर्भाग्य ठानेका छन् । जसले गर्दा मन्त्रिपरिषद राष्ट्रपति र ठूला दलका शिर्षस्थ नेताहरु सम्मिलित गणतन्त्र दिवसलाई सभा सम्मेलनलाई बहिष्कार समेत गरेर छुट्टै गणतन्त्र दीवस मनाएको यथार्थ पनि छ । हुन पनि २०६२ देखि आजको दिनसम्ममा जनताले गणतन्त्र आएको अनुभूतिसम्म गर्न पाएका छैनन् । सत्तामा बस्नेहरु यस अवधिलाई आ–आफ्नो अनुकुल बनाए अथवा आफूखुसि गणतन्त्रलाई अथ्र्याए पनि । तर उनीहरुले जनता सन्तुष्ट हुने खाले कुनै पनि काम गर्न सकेनन् । शिर्ष दल र नेताहरुको यस्तो सदाबहार गलत र अविवेकी क्रियाकलापका कारण राष्ट्र आज गम्भीर रुपमा राजनैतिक आर्थिक सांस्कृतिक संकटबाट गुज्रिरहेको छ । राजनैतिक पार्टीहरु र यसको सञ्चालन गर्ने व्यक्तिहरुको मानसिकता सबै सत्ता हत्याउने प्रवृत्ति, संकीर्ण मनस्थिति, षड्यन्त्र, अप्राकृतिक गठबन्धन र गणितीय जोड घटाउ आदि ईत्यादिको निहुँमा स्वार्थी खेलहरु खेल्न थाले । यस्तो राजनैतिक अन्यौल र जटिलताले देश कहालि लाग्दो मोडमा पुगी सकेको छ । यतिबेला यो मुलुक दिशाविहिन छ, चौबाटोमा उभिएको छ । कुन बेला, कुने दिशा तर्फ मोडिने हो, भन्न सकिने अवस्था छैन । यस्तो जोखिमपूर्ण अवस्था जनताले बेहोर्नु पर्ने भएको छ । वर्तमान राजनैतिक अस्थिरताले कस्तो दुर्घटना निम्तिने हो बुझ्न कठिन छ । हरपल, हररात, विभिन्न देशीविदेशी शक्ति केन्द्रहरुबाट मुलुकमा सुनियोजित रुपमा षड्यन्त्रहरु भइरहेका छन् । विदेशी प्रभुहरुबाट आशीर्वाद प्राप्त जनघाती देशघातीहरु, उनीहरुकै निर्देशनमा छेपारोले रंग फेरेझै, फेरिरहेछन् । कथित ठूला दलका शिर्ष नेताहरुका ताण्डव नृत्य हेर्दा सडकमा नचाइने बाँदरको नाँच जस्तो लाग्छ । जो आ–आफ्नो निहित स्वार्थ सिद्ध गर्न र मालिकको नुनको सोझो गर्नमा मात्र तल्लिन देखिन्छन् । नेकपाका सचिव नेत्रविक्रम चन्दले भनेझै राष्ट्र गृहयुद्धमा होमिने अवस्थामा पुगीसकेको छ तर पनि कथित शिर्ष नेताहरु आ–आफ्ना डम्फू बजाउनैमा व्यस्त छन् ।
प्वाल परेको पानी जहाज चढेर समुन्द्र तर्न खोज्ने, आफै बसेको रुखको हाँगो काट्ने कालिदासको प्रवृत्तिका यसता पटमुर्खहरुले सत्तामा बसेर काँडाको खेति गरि सांसदहरुलाई खसी बोको झैं खरिद विक्रि पो गरेनन्कि, अन्य जालझेलपूर्ण घिनौना खेल खेलेनन् यो आम नेपालीको अगाडि घामझैं छर्लंग छ ।
गणतन्त्रको घोषणा पश्चात कुनै माइकालालले कांग्रेसको गणेश मानलेझैं सत्ताको रस स्वादन त्यागेको रकेर्ड छ ? बरु जसरी हुन्छ, भागशान्ति जय नेपाल गर्दै लुड्याउँ भन्ने नीति मै जुटेको देखिन्छ । मुलुक यस्तो जर्जर अवस्थामा पुगि सक्दा पनि ठूला दलका शिर्षस्थ भनाउँदाहरुलाई कुनै वास्ता छैन । यसैले अव विभिन्न तह र तप्कामा रहेका आम नेपाली हामी एक नभएमा यो मुलुकका सार्वभौमसत्ता माथि नै प्रश्न चिह्न खडा हुनेछ ।






Social Buttons