Latest News

नेपालका आदिवासीहरु मंगोल होइनन्

जी दिलुङछा
नेपालको मुलवासी विद्वान तथा इतिहासकारहरुले आफ्नो जातिको इतिहासको खोज तथा अनुसन्धानलाई थाँती राखेर विदेशीहरु र अविकसीत बुद्धिका विद्वानहरुद्वारा लिखित अवैज्ञानिक र मनगढन्ते इतिहास वा हिन्दू वर्णाश्रमको कथाको पुस्तकलाई पन्छाउँदै इतिहास तयार पारी रहेकाले सम्पूर्ण मूलवासीहरुप्रति घोर अन्याय भइरहेको छ । विजयीहरुको बढाई चढाई इतिहास लेख्ने इतिहासकारहरुले मूलवासीको सत्य इतिहास त लेखिएको छै नै त्यही माथि बंग्याई टिंग्याई लेखिएकै काल्पनिक र भ्रामक इतिहासको आधारमा मूलवासीहरु आफ्नो अस्तित्वको खोज गरिरहेका छन् । कोही आफैलाई मंगोलियाको भतुवा वा पर्सिया, काबुल, मिश्र असिरिया ग्रिस आदिजस्ता देशहरुबाट आएका असुर वा अनाथ हिन्दूवादी पुस्तकका अनुसार दास, दस्यु, दानव, असम्य, अवैदिक, नबुझिने भाषा बोल्ने म्लेच्छे, किरेरी, केराताईत, केराईट, किरेती, किर्हाडाई, किरआथ आदि आयतित अलंकारिक शब्द बिगारेर तयार पारेको किरात सबै मूलवासीलाई पहिराएर मुलवासीलाई किरात जाति बनाउन तल्लिन छन् । मूलवासीहरु मंगोलियन, किरात जे पनि भैरहेका छन् । तर यी मुलवासीहरु नत मंगोलियन भतुवा हुन नत असुर, दानव म्लेच् वा किरात हुन् ।
गोभीको भरुभूमि १ हजार माइलको वैकाल झिलको देश १२ औं शताब्दि अघि सुन्य थियो, जहाँ चीन, रसिया, काजीकास्तान आदि देशको भेडा चराउने ठाउँ थियो । १२ औं शताब्दिमा भारतकै मुगल वंशीचंगेज खाँले मंगोल देशको जग बसालेका हुन र यिनले इ.सं. ११६२ देखि १२२७ सम्म सफलता पूर्वक राज्य गरेर युरोपसम्म आफ्नो देशलाई मंगाल र आफुलाई मंगोलियन भनेर कुवले खाँले नै आफ्नो देशलाई मंगोल र आफुलाई मंगोलियन भनेर त्यही शताब्दिमा चिनाउन सफल भए । आज पनि त्यो वैकाल झिल २ सय माईलको क्षेत्रफलमा अस्तित्वमा छ । त्यसको मतलब १२ औं शताब्दि अघि मंगोलिया नामक देशको कुनै अस्तित्व थिएन । त्यसैले नेपालको मूलवासीहरुलाई मंगोलियन भन्नु दश पटक सोच्नु पर्ने हुन्छ । किनकी पृथ्वीको कुन कुन भागहरुमा मानवको उत्पत्ति भयो भन्ने विषयमा नेपालका मूलवासीहरु भतुवा हुन् वा नेपालकै उत्पत्ति हुन् भन्ने विषय २१ औं शताब्दीको गौण प्रश्न हुन आउँछ र यसको निवारण नभएसम्म वंशको निक्र्याैल गर्न कठिन पर्दछ ।
मानव सृष्टिको बारेमा एक्जिभेनिण्ड र डार्विनद्वारा प्रतिबद्धता विकासवादी सिद्धान्तलाई एक पटक अध्ययन गर्नुपर्ने (डार्विनका अनुसार एक सेलवाला अमिवाबाट विकास हुँदै बाँदरबाट मानव भएको भन्ने सिद्धान्तलाई मनन् गर्दा बाँदरले बाँदर जन्माउँछ मान्छे होइन भन्ने प्रश्न पनि यथावत छ) भएकोले तुलनात्मक शरीर विज्ञान –ऋयmउबचबतष्खभ बलबतयmथ) गर्भ विज्ञान(भ्लदचथययिनथ) पुरासत्व शास्त्र –एबभियलतययिनथ) र जीवरसायनशास्त्र )द्यष्यअजझष्कतचथ) को सहयोगमा विकासवादीहरु सुदुर भुतको जिवित प्राणीसँग तुलना गर्दा मानव जातिसँग् पनि तुलना गरेर हेर्दछन् । त्यसै तुलनात्मक अध्ययनको आधारमा प्राक्मानवको उदय र वादर वा त्यसैसँग मिल्ने प्राणीबाट भएको हुनु पर्दछ जसलाई आजको मानवको पुर्खा भन्न सकिन्छ भन्ने तर्क विकासवादीहरुले प्रस्तुत गरेको पाइन्छ । इसाको १८ औं शताब्दीको मध्यतिर प्राणीहरुलाई सामूहिक रुपमा विकासवादी सिद्धान्तानुसार प्राथमिक वर्ग९एचष्mबतभक० भन्ने नामाकरण विद्वान लिन्नाउसले गरे त्यसैलाई परवर्तित विद्वानहरुले पनि स्वीकार गरे । न खाउ भने दिनभरिको शिका खाउ भने कान्छा बाजेको अनुहार उखान जस्तै प्राथमिक वर्ग भन्नाले वनरागण९एष्तजभअष्मबभ० लाई लिइन्छ र वानर ९एष्तजभअबक० एउटा जाति वर्ग हो, त्यसैले यसलाई देख्नासाथ उक्त उखानको स्मरण हुन आउँछ । वानरागजमा पनि निकाककपि अनुगण कर्चमर्कट अनुगण र वानरागण पर्दछ । यसमा पनि मानववर्गहरुसँग तुलानात्मक विश्लेष्ण गर्दा अपुच्छ वानारानुगणभित्रको नरवानरागण पर्दछ । नरवानरको सबभन्दा पछिल्लो काल किनिया नरवानर लाई विकासवादी विद्वानहरुले राखेका छन् र त्यो भन्दा पनि पछिल्लो काल मानव पूर्वकाल र त्यो भन्दा पछिल्लो काल मानव युग हो भनिएको छ । त्यसैले दक्षिणी नरवानरलाई नरवानर र मानब बीचको चेतनशील प्रणीको रुपमा लिइन्छ ।
पहिलो मानवको उत्पति पृथ्वीको कुन ठाउँमा भयो भन्ने विषयमा खोज अनुसन्धान गर्दै जाँदा इ.स. १९२४ मा अफ्रिकाको बेचुआनाल्याण्ड क्षेत्रको‘टाग्स’ नामक गुफाभित्र एउटा बाल प्राणीको मस्तक फेला पर्यो । स्थानविशेषको नाम दिएर यसलाई टांग्सएप भनियो । हुनत इ.सं. १७०७ तिर उद्भव कहाँबाट भयो भन्ने विषयमा स्वीडेनका अबचयगिक ीष्ललबभगक ले खाज तथा अनुसन्धान सुरु गरेका थिए । तर इ.सं. १७७७ तिर अफ्रिका, एसिया, अमेरिका, आदि ठाउँहरुमा अनुसन्धान हुँदा २० हजार वर्ष पुराना सांस्कृतिक अवशेषहरु फेला परेका थिए । मानव सभ्यताको खोजी गर्दै जाँदा प्राक्चोलियन, चेलियनमानव, अश्योलमानव, जावामानव (१८९१ मा), पेकिंग मानव आदिहरुको अवशेषहरु पाइएको थियो ।  इ.सं. १९२६ मा चीनको चौकुतियान क्षेत्रको गुफामा पुरामानवको २ वटा दाँत भेटिए ठी दुई वषृ पछि मानव शीर भेटिए । त्यसैले चीनलाई पुरामानवको उद्भव क्षेत्रको रुपमा स्वीकार गर्न थालियो । –जाति, भाषा, र लिपी, भा–२ धरणीधर दाहाल) प्राप्त अवशेषहरुमा केन्यामा प्राप्त भएको अवशेष १ करोड ४० पुरानो, भारत, चीन र पाकिस्तानमा प्राप्त ८० लाख पुरानो मानिएको थियो । तर नेपालमा बुटबललाई केन्द्र मानी मचय वगmभक mगपतजभ को नेतृत्वमा नेपाली र अमेरिकी विद्वानहरुद्वारा अन्वेषणत्मक उत्खनन गर्दा सिवालिक क्षेत्रको तिनाउको पहरामा टासीएको च्बmब एष्तजभअगक को माथिल्लो बाया बंगारा फेलापरेकोमा रसायन जाँच गर्दा १ करोड १० लाख वर्ष पुरानो थियो । यसैको आधारमा नेपाल मानवको उद्भव र विकास स्थल रहेको कुरा पत्यार लाग्दो भयो –गोरखा पत्र, २०३७ चैत १४ गते) । नेपालका मुलवासी यहीका उत्पति हुन् भन्ने कुरा १ करोड १० लाख वर्ष पहिला देखि यहाँ मानवको उपस्थित देखिनाले स्वतः सिद्ध हुन्छ र यी मुलवासीहरु न त मंगोलियाबाट आएका भतुवा हुन न त पूर्व मध्य एसियाबाट आएका बनावटी नामधारी किरात हुन् ।

« PREV
NEXT »

यसमा तपाइको मत