Latest News

प्रतिनिधि सभा चुनाव बहिष्कार

काठमाडौं । छहरा साप्ताहिक । राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले २०६२÷०६३ को म्यान्डेटलाई तिलान्जली दिँदै जनविरोधी क्रियाकलाप गरेको हुँदा ती दलहरुले भाग लिएका सबै निर्वाचन बहिष्कार गर्ने निधो गरेका छन् । आफुहरुले मत दिएर पठाएका जनप्रतिनिधिहरुले देश जनताको हित भन्दा निहित स्वार्थ खातिर काम गरेको हहुँदा जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट राजनीतिक दलका कार्यक्रम सहित निर्वाचन समेत बहिष्कार गर्दै आएका छन् । अप्रत्यक्ष रुपबाट देशैभरीका जनताले निर्वाचन बहिष्कार गरेका समाचार आइरहेकै बेला सोलुका तिङ्लाबासीहरुले प्रत्यक्ष रुपबाट चुनाव बहिष्कार गरेका छन् । स्थानीय तहको सीमांकनप्रति असन्तुष्टि जनाउँदै तिङ्लामा विद्रोह भयो । उनीहरुले गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा पनि ‘नो भोट, नो क्याण्डिडेट’ अभियानअन्तर्गत चुनाव बहिष्कार गरे ।
हालै वामपन्थी र लोकतान्त्रिक गठबन्धनले मंसिर ६ र ७ मा अलगअलग चुनावीसभा गर्न खोजेका थिए । तर, मंसिर २ मा गाउँको आमभेलाको बैठकले गठबन्धन दलको कार्यक्रमलाई असफल तुल्याइदिए ।
अब उम्मेदवारहरु भोट माग्न तिङ्लामा जाने छैनन् र करिब ३१ सय मतदाताले निर्वाचन बहिस्कार गर्नेछन् ।
प्रदेश र प्रतिनिधिसभा चुनावसम्म आइपुग्दा केही दल र उम्मेदवारले तिङ्लाबासीबीच फुट ल्याउन प्रयास गरेका छन् । तर, तिङ्लाबासीले चुनावमा भोट नहाल्ने एकमतका साथ निर्णय गरेपछि यसपटक पनि तिङ्लाले ‘नो भोट’ गर्ने भयो ।
सिंगो मुलुक प्रतिनिधिसभा र प्रदेशसभा चुनावको चटारोमा रहेका बेला तिङ्लामा चुनावी गतिविधी सुनसान छ ।

« PREV
NEXT »

यसमा तपाइको मत