जंगली, स्वाँठे, तिघ्रे पर्वते, पाखे, खर्पने डोकेको देश हो नेपाल ।
भगवान राखिदेऊ यो यसैगरी
ती सभ्य भएछि हाम्रो सिरीखुरी कहाँ जाला ?
मन्त्रिमण्डल जोड्दा बाहुन, चेत्रीय लिएर
जोड्नु, मतवाली कतै नहुल्नु ।
तिघ्रे र पर्वते स्वाँठे जुन हाम्रा दाज्यू भाइ छन् ।
ती त्यहि रही बाचुन्, हुनु पर्दैन सभ्य ती ।।
अयोग्य, मतुवाली र पाखण्डी, नीच, निर्दली ।
पस्यो भने मण्डलमा राज्य उठ्ठा गराउँदछ ।
बाहुन–क्षेत्रीयैबाटै मन्त्रिमण्डल जोर्नु ।
त्यस्तै मन्त्रिी लिई
रक्षा रक्षा गर्नु राज्यको सँधै ।
उल्लेखित हरफहरु (कविता) राममणि आचार्य (दीक्षित)ले मातृकाप्रसाद कोइरालाको सम्पादकत्वमा प्रकाशित पत्रिका ‘विमोचन’मा २०१६ सालतिर
को हुन् राममणि ?
यिनी सम्वत् १९३९ चैत्र कृष्ण परेवाका दिन माइला पण्डित काशीनाथ आचार्य तथा उनकी दोस्री पत्नी ललितादेवीका पहिलो सन्तानको रुपमा जन्मिएका हुन् । राममणि आचार्य दिक्षितको सुरुको नाम रामेश्वरप्रसाद आचार्य थियो । यिनी गैह्र बाहुनहरुलाई तिखो प्रहार गर्ने, उनीहरुलाई पैतालाको धुलो(शुद्र) सम्झने र त्यसबारे तत्कालिन समयमा सुहाउँदो तर्क पेश गर्ने गर्थे ।
उनी तत्कालिन गोर्खा भाषा प्रकाशिनी समितिका संस्थापक अध्यक्ष थिए । उनले ‘माधवी’ नामक पत्रिका प्रकाशन गरी ‘तिघ्रे, भुसतिघ्रेहरुको खुबै चर्चा पनि चलाए । राममणि तत्कालिन समयका धुरन्धर विद्वान त थिए, तर साम्प्रादायिक मनस्थितिका विद्वान थिए । सो कुराको पुष्टि माथि उल्लेखित हरफहरुले नै गर्दछ ।
यीनै राममणि आदिले नेपालका भूमिपुत्रहरुलाई लक्षित गरि आम हरफहरु रचेका हुन् । तत्कालिन समयमा हिन्दु वर्णाश्रमअनुसार नै नेपालमा न्याय निशाफ हुने गथ्र्याे । जस अन्तर्गत जस्तोसुकै संगीन अपराध गरे पनि बाहुनलाई साधारण सजाय मात्र दिइन्थ्यो । र, साधारण अपराध गरे पनि जनजाति, उत्पीडित जनजातिहरुलाई कठोर सजायको भागी बनाइन्थ्यो । शासनको अन्त्यपछि राजालाई ढाल बनाएर आफ्नो खायन–पायन सुनिश्चित भएकोमा मतवाली माथिको हुकुमत र शोषणमा कुनै पनि कमी आउन पाएन । यिनीहरुले –जनैधारीहरु) नेपाललाई कहिलै पनि आफ्नो मातृभूमिको रुपमा स्वीकारेनन् । त्यही भएर आम नेपाललाई जंगली, स्वाँठे, पाखे, तिघ्रे, भुसतिघ्रे, डोके, खर्पने वा लिम्बु, खम्बु, तामाङ, गुरुङ मगर, थारु, नेवार जस्तोको मात्र नेपाल देश हो, जहाँ क्षेत्री गायत्री मन्त्र बनाए ‘मतवाली’को विरुद्धमा तगाधीहरु लागे जसले हालतका निरन्तरता पाएपछि भताभुंगे नेताहरुको चाला र उल्लेखित कविता पढ्दा राष्ट्रभक्त आदिवासी जनजातिको मनमा शंका उत्पन्न हुनु अस्वभाविक होइन । यिनीहरुले अझ पनि कान्यकुब्ज प्रदेश(आजको भौगोलिक स्थिति अनुसार भारतको उत्तरप्रदेशको फारुखावादमा पर्दछ, त्यसबेला त्यहाँका राजाले शिक्षितहरुलाई मानसम्मानका साथ आश्रय दिन्थे र ती आश्रितहरु संस्कृत पाठ गर्न हिन्दू वर्णाश्रमका बाहुनहरु नै पर्दथे)लाई बिर्सन सकेको छैन । कान्यकुब्ज प्रदेशप्रति मोह भएका र नेपालप्रति अलिकति पनि माया भएको भए यिनीहरु एकआपसमा दिद्वेशमा राखी नेपाल र नेपालीप्रति त्यागि र निष्ठावान् भई अन्यौलतालाई चिर्नु पर्दथ्यो । तर त्यसो गर्नु उनीहरुले चाहेनन्, किनकि आए आँप, गए झटारो भन्ने उखानलाई चरितार्थ गर्दै देश र जनताको होइन, आफ्नै दुनो सोझ्याउन मात्र तल्लिन रहे ।
मतुवालीहरुलाई सखाप पार्ने खेल त पृथ्वीनारायण शाहको खुनी हमलाले मात्र नभएर सन् १८१४–१८१६ भलनयि नगचपजब धबच समाप्त भएर सुगौलिसन्धि अन्तर्गत आदिवासी जनजातिहरुलाई ब्रिटिश इष्टि इण्डियाले सेनाको रुपमा भर्ति लिन नेपालका राजा र भारदारहरुसँग जातै तोकेर आफ्नो सेनामा लिने सम्झौता गरे । यति मात्र होइन, आदिवासी जनजातिहरुलाई उनिहरुकै अधिकारबाट विस्तारै बन्चित गराउन उनीहरुको वंशभित्र मात्र किनबेच हुने र समाजवादी जमिन उपभोग गर्ने प्रचलन ‘किपट’ प्रथा नै उन्मुलन गर्ने जस्ता खुप ठ्याक जस्ता प्रचलनलाई निस्तेज पारी गुठी विर्ता, जागिरदारहरुलाई निवृत्ति भरणस्वरुप दिई कैतानको नाममा पहाड, तराईको लाखौं एकड जमिन भूमिपुत्र जनजातिहरुबाट खोसेर उनीहरुलाई भौतिक सम्पत्तिबाट बन्चित गराई कंगाल पारिदै ल्याइयो ।
यसै कारण डोरबहादुर विष्टको ँबतबष्किm बलम मभखभयिऊभलत भन्ने पुस्तकको मुलुकभरका बाहुनवादी प्रवृत्तिले चर्काे विरोध मात्र गरेनन्, विष्टलाई पागलै घोषित गर्नसमेत पछि परेनन् । हालका दिनमा जातीय समानता, संघीयताका कुराहरुमा दलहरुले जति नै बढी कुरा उठाए पनि त्यो चुनावी घोषणा पत्रमा मात्र सिमित रहेको छ । कागजी रुपमा उठाएका यस्ता सवालहरुलार्य व्यवहारमा एक प्रतिशत पनि लाग्ु गरिएको छैन । जातीय समानताका कुरा जति नै गरिए पनि राजनीतिक रुपले समानुपातिक रुपमा सत्ता सहभागिता बिना जातीय विभेद र निचउच, छुवाछुतको अन्त्य किमार्थ पनि हुने सक्दैन । यसर्थ नयाँ संविधान निर्माण गर्दा यसतर्फ गम्भीर रुपले ध्यान पर्याउँनै पर्नेहुन्छ ।
अन्त्यमा २०१० मा गरिएको कोशी सम्झौता २०१६ सालको गण्डकी सम्झौता, सन् १९९१ को कोशी उच्चबाँध आयोजनाको सम्झौतादेखि लिएर नारायणी, महाकाली, आदि राष्ट्रघातीय सम्झौताहरुका दुष्परिणामको प्रत्यक्ष प्रभाव यहाँका भूमिपुत्र आदिवासी जनजातिहरुले सहन गर्नु परिरहेको छ । यदि यो राष्ट्रघाती सम्झौता गर्नेहरुमा अलिकति पनि मुलुकप्रति सोच्ने भइदिएको भएर विचार पुर्याएर मात्र सम्झौता हस्ताक्षर गर्थे । त्यसैले त्यस्ता देशघाती जनभावना विपरित सम्झौतामा हस्ताक्षर गर्नेहरु कुनै पनि हालतमा राष्ट्रवादी हुँदै होइनन् । उनीहरु राष्ट्रघाती भने अवश्य हुन् भन्ने कुरा पुष्टि भैसकेको अवस्था छ । यसतर्फ आम नेपालीले गम्भीरताका साथ लिई,उनीहरुलाई सजायको भागी बनाउनुपर्दछ ।





Social Buttons