Latest News

वीरेन्द्रको मात्र होइन सबैको कालो धन खोजिनु पर्छ

काठमाडौं । छहरा साप्ताहिक । राजा वीरेन्द्रको सम्पत्ति राष्ट्रियकरण गर्ने दलहरुले, नेपालका हजारौंको संख्यामा भ्रष्टहरुले स्वदेश र विदेशमा राखेका सम्पत्तिहरु राष्ट्रियकरण गर्ने सोच सम्म यी राजनैतिक दलहरुले गरेका छ्रैनन् । यसरी अवैध ढंगले गरेको अपराधहरु र आर्जन गरेको सम्पत्तिप्रति न त सरकारले चासो लिएको छ, न त राजनैतिक दलहरुले नै ।
उदाहरणको लागि छिनिन लागेको चप्पल लगाएर गीतार बजाउँदै र गीत गाउँदै हिड्ने एमालेका प्रदीप नेपालहरुको अहिले काठमाडौंमा गगन चुम्बी महल छ । नेकाका चिरञ्जीवि वाग्ले, खुमबहादुर खड्का, बलबहादुर केसी लगायतले यसरी अपार धनराशी कसरी जोडे ? काठमाडौंको छिडिमा डेरा भाडा तिर्न नसकेर, घरबेटीबाट लुकीलुकी हिड्नु पर्ने अनगिन्ती नेताहरुका यतिबेला अमेरिका, जापान, यूके जस्ता देशहरुमा पेट्रोलपम्पलगायतमा शेयर समेत खरिद गर्ने हैसियतमा कसरी पुगे ? जनसमक्ष उदाङगो भई सकेको छ । धेरै पर नजाऔं इण्डीयामा दरबान काम गर्ने एक साधारण पालेको छोरो जो अहिले नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेका छन् । उनका लाजिम्पाट स्थितग गनचुम्बी दरबार र बालकोटको ओलिनिवासको स्रोत खोजी हुन पर्ने जनस्तरबाट आवाज उठिरहेको छ ।
यदि अख्तियारले मुटु नकपाई, खोजी गर्ने हो भने र गाविस सचिव, यातायात र अदालतको सुब्बालाई निगरानी गरेझैं सुक्ष्म तरिकाले भ्रष्ट नेताहरुको बारेमा अनुसन्धान गर्ने हो भने, ठूला राजनेता भनाउँदा र उनीहरुका हुक्के, बैठकेहरु यतिबेला कारवाहीको दायरामा आइसक्ने थिए । जबकी पूर्व अख्तियार प्रमुख कार्कीले दुई हजारभन्दा बढी भ्रष्टहरुको सूची समेत तयार पारी, कारवाहीको थालनी गर्ने सुर कसी सकेका थिए भनिन्छ ।
सत्ताको स्वाद चाखेपछि धनराशी कसरी रातारात जम्मा गर्थे राजनीतिज्ञहरुले भन्ने उदाहरण खोज्नु त्यति पुरानो इतिहास कोट्याउँनु पूर्व प्रम देउवा र नेकपा केन्द्रका अध्यक्ष कमरेडलाई लिए पुगि हाल्छ । विदेशबाट खाली हात आएका देउवा पहिलो पटक प्रधानमन्त्री बने पछि नै बुढानीलकण्ठमा आठ÷आठ रोपनी जमीनमा विशाल बंगला ठड्याउँनु भएको र जंगलबाट खाली हात काठमाडौं प्रवेश गरेका प्रचण्ड पहिलो पटक प्रम हुनासाथ लाजिम्पाट स्थित आलिशान महल ठड्याउनु भएको आम जनसमक्ष छर्लंग भएकै कुरा हो ।
यो त उदाहरण मात्र हो, देउवा र प्रचण्डहरुझैं असाधारण सम्पत्ति जोड्नेहरुको संख्या यहाँ कम छैन । यसतर्फ अख्तियारले खुट्टा नकमाइ खोज्ने पो हो कि ?

« PREV
NEXT »

यसमा तपाइको मत