संसदीयकालमा प्रधानमन्त्रीका लागि दरबारमा विन्ती पत्र हाल्ने दुई ठाउँबाट चुनावमा हारे पनि भारतीय शासक वर्गको कठपुतली बनेर नेपालको शासन चलाएका माधव नेपालको नेतृत्वकालमा अपराधीकरण भएको एमाले अहिले गणतन्त्रको शत्रु भएको छ । कांग्रेस सुडान काण्डले गर्माएको कृष्ण सिटौला, सुजाता श्रेष्ठजस्ता भ्रष्टले गणतन्त्र रुचाउने प्रश्नै भएन । त्यही कारण अख्तियारले उनीहरुलाई छोएका छैनन् । एमाले र कांग्रेसमा बढी रहेका भ्रष्टहरुले गणतन्त्रका अपमान गरेका छन् । माओवादीको नेतृत्वमा समेत आन्तरिक अपराधीको विगविगी बढीरहेको छ ।
सरकारको प्रमुख घटक भएकोले माओवादीका उद्देश्य नीति र कार्यक्रम सरकारको वार्षिक कार्यक्रमका रुपमा आउनु ठूलो कुरो होईन । सरकारले असार ३१ गते बजेट प्रस्तुत गर्यो । र त्यो बजेटले तस्करको संरक्षण भ्याट छल्नेको उद्दार गर्दै गरिब निमुख जनता माथि महँगीको भार थोपरेको छ । जनताका पक्षमा काम गरे कांग्रेस राजनीतिमा असफल हुने कुरामा कुनै शंका छैन । देशघाती राष्ट्रघाती तत्वको घेराबन्दीमा परेका कांग्रेस र एमालेले राष्ट्रिय स्वाभिमान देशको हित विपरित मुलुक टुत्र्mयाउने प्रमुख एजेण्डा लिएका हिजोका कांग्रेस एमालेका नेता सहभागी मधेसवादी दलहरु छन् ।





Social Buttons