काठमाडौं । हजारौं हजार वर्ष अघिदेखि नेपालको धर्तीमा बसोबास गर्दै आएका भूमिपुत्रका पुर्खाहरुले यस देशको धर्तीमा शासन गर्दै आएको इतिहास साक्षी छ । पृथ्वीनारायण शाहको एकीकरण पश्चात् पूर्वदेखि पश्चिमसम्म छरिएर बसेका सम्पूर्ण योद्धाहरुलाई राणा शासक प्रधानमन्त्रीहरुले खासगरी मगर, गुरुङ, राई तथा लिम्बू समुदायका पुरुषहरुलाई साम्राज्यवादी अंग्रेजहरुलाई २५ पाउण्ड प्रत्येक जवानको दरले धमाधम बिेच्न थाले । १२ वर्ष पुगेका केटादेखि लिएर ४० वर्ष पुग्ने अर्धवृद्धसम्मलाई श्री ३ महाराजधिराज बन्न पुगेका वीर शमसेर जंगबहादुर राणाले ती योद्धाको घरघर आफ्नो कर्मचारीहरु पठाई गोर्खे लौरी प्रयोग गरी जबर्जस्ती साम्राज्यवादी अंग्रेजको हजुरमा सुम्पिदिए । तत्पश्चात् भारत–ब्रिटिश सेनामा नियमित रुपमा भर्ती हुन थाले । कैयौं पुस्तापछि आज पुख्र्याैली पेसाको नाममा लाहुरेको नामले बद्नाम भएको छ ।
वि.सं. १९४३ मा नेपालका प्रधानमन्त्री बन्न सफल भएका वीर शमशेर जंगबहादुर राणाले जवानहरुलाई ब्रिटिश सैनिकमा भर्ती हुन दिएबापत प्रत्येक जवानको २५ ब्रिटिश पाउण्डको हिसाबले रोयल्टी ब्रिटिस सरकारले दिने र सो रकम आफ्नो निजी ढुकुटीमा राख्ने गरी सम्झौता गरे । अंग्रेजहरुलाई नेपालीहरु साहसिला वीर योद्धा र ज्यादै अनुशासनमा बस्छन् भन्ने राम्ररी थाहा थियो । तसर्थ आफ्नो उपनिवेश हिन्दूस्तान बचाउन मात्र नभई संसारभरी फैलिएका साम्राज्यको रक्ष ागर्न लडाकु वीर गोर्खाली फौजको ठूलो खाचो अंग्रेजहरुलाई परेको थियो । त्यसैले नेपालको युवकहरुलार्य आफ्नो फौजमा भर्ती गरी तालिम दिएर अंग्रेजीहरुले जताततै लडाइँका मैदानमा लैजान थाले । वीर नेपालीहरुले उत्तरी अफ्रिका, युरोप, मध्यपूर्वदेखि लिएर दक्षिण पूर्व एसियाका अनेकौं देशमा लडेर ठूलो बहादुरी देखाए । यसबाट अंग्रेजहरु निकै खुशी भएर भिक्टोरिया क्रसजस्तो तक्मादेखि लिएर अनेकौं प्रकारको सम्मान र पुरस्कारहरु दिए तर उनीहरुलाई न त स्वदेश फर्केपछि काम आउने शिक्षादिक्षा दियो न त उनीहरुको बालबालिकाहरुलाई नै राम्रो शिक्षा दियो । उनीहरुलाई के दियो त मात्रै रोमन नेपालीमा शिक्षा दियो जसमा लिपि अंग्रेजी र भाषा नेपाली । यो शिक्षा न त ब्रिटिशसमा काम लाग्ने न त स्वदेश फर्केपछि नेपालका काम लाग्ने । नेपालका राणा शासकहरुले अराई सिकाइ अंग्रेजहरुले यस्तो व्यवहार गरी आज स्वदेश फर्केपछि गोर्खा भूपू सैनिकहरु अन्धकारको आकाशमा छटपटाईरहेका छन् । यस्ता पूर्वाधार योजना राखी ब्रिटिशहरुको मिलिभगत राणा शासकको प्रधानमन्त्रीले प्रति जवानको २५ पाउन्डको हिसाबले २ लाख जवानको सौगात(रोयल्टी) बाहेक २ लाख जवान ब्रिटिश आर्मीमा भर्ती गराईदिएबापत १० लाख भा.रु वार्षिक राणा प्रधानमन्त्रीको निजी ढुकुटीमा जम्मा हुँदै गयो ।
वि.सं. १९७१(सन् १९१४) मा पहिलो विश्वयुद्धको बिगुल बज्यो । चार वर्षसम्म चलेको विश्वयुद्धमा हाम्रो वीर नेपालीहरु ठूलो संख्यामा मरे । ती मृतकहरुको परिवारहरुलाई दिनुपर्ने ठूलो धनराशी ५० प्रतिशत राणा प्रधानमन्त्रीको निजी ढुकुटीमा भरी बाँकी ५० प्रतिशत रकमले देश निर्माणमा लगाएको इतिहास साक्षी छ । भूपू सैनिकहरुको रगत र पसिनाको कमाई चन्द्र शमशेरले देश विकासमा भनी निम्न स्थानहरुमा लगानी गरेको इतिहासमा पाइन्छ । जस्तै रोपलाईन चलाए, फर्पिङको साना जलविद्युत् योजना बनाए, सैनिक अस्पताल बनाए, त्रिचन्द कलेज खोले, जडिबुटीमा आधारित केही आयुर्वेद औषधालयहरु खोले । सोही रकमले भीमफेदीदेखि भारतको रक्सौलसम्म रेल पनि कुदाए ।
यसरी पहिलो विश्वयुद्धपछि फेरी दोस्रो विश्वयुद्ध लगभग बीस वर्षपछि सुरुभयो । त्यस समय राणा प्रधानमन्त्री जुद्धशमशेर थियो । संसारभरि आफ्नो प्रभाव जमाएका अंग्रेजविरुद्ध अनेक देश जागेर आउन थाले । संसारको कुनाकाप्चासम्म त्यो युद्धको बादल मडारिन थाल्यो । यसको लागि अंग्रेजहरुले नेपालसँग गुहार मागे । जुद्धशमशेरले नेपाललाई खोजीखोजी घरघर कर्माचारीहलाई पठाई ४० वर्ष पुगेका अधंबैंसेहरुलाई २५ भन्न लगाउने १२ वर्षकाहरुलाई १२ देख ि२० भन्नु लगाई सम्पूर्ण लुलालंगडाहरुलाई पनि आर्मीमा भर्ती हुन उर्दी फिराए । यसरी यस देशका मूलवासीहरुलाई विश्वयुद्धमा होमीदिए । हाम्रा वीर पुर्खाहरु ६ वर्षसम्म विश्वको विभिन्न कुनामा गएर लडे । कैयौं मारिए, कैयौं अपांग भए, बहादुरी कमाए र अन्त्यमा अंग्रेजहरुको विजय भयो ।
यस घटनाले अंग्रेजहरु नेपाली सैनिकदेखि अत्यधिक प्रभावितको साथै अति खुसी भई त्यस खुसीयालीमा अंग्रेजहरुले नेपाललाई केही रकम पुरस्कारको रुपमा प्रदान गरे । त्यस रकम पनि राणा प्रधानमन्त्रीले आधी रकम आफ्नो निजी ढुकुटीमा राखी केही रकम देश विकासमा लगाए । जस्तैः वैज्ञानिक तरिकाले कृषि खोले, जसमा माहूरी पालन, कपास खेती, जुट उत्पादन, विराटनगरमा केही जुट मिल, कटन मिल, बिजुली सप्लाई कम्पनी नेपाल बंैकको स्थापना, वीरगन्जमा कटन मिल र चुरोट कारखाना, हतियारको निम्ति चाहिने खजाना आपफ्नै देशमा बनाउन थाले । ठाउँमा ठाउँमा पुल र बाटोहरु बनाए । यसरी गोर्खा भूपू सैनिकहरुको पुर्खाहरुको रगत पसिनाले निर्माण तथा विकास कार्य सम्पन्न भएको यो देशमा आज गोर्खा भूपू सैनिकहरुको सन्तान कुन अवस्थामा छन् कसैबाट लुकेको छैन र सरकारलाई कुनै चासो छैन ।
द्वितीय विश्वयुद्धपश्चात विजयको खुसियालीमा ब्रिटिश सरकारले पुर्खादेखि गोर्खा सैनिक ब्रिटिस भारतमा भर्ती भएबापत पाउने वा पाएको सौगात र अन्य लडाईमा मृत्यु भएको मृतहरको परिवारहरुलाई दिनु भनी दिएको रकमलगायत ब्रिटिश वा भारत सरकारमा २ लाख जवान भर्ती गरिदिनुबापतको प्रत्येक वर्ष १० लाख भारुको दरले २५ पाउण्डमा पाउने सौगात(रोयल्टी) रकम राप्रपाका अध्यक्ष तथा भूपू जलस्रोत मन्त्री पशुपति शमशेर जंगबहादुर राणाको पोल्टोमा थुपरिन आएको छ भन्ने चर्चा छ ।
सन् १९९० को जनवरी महिनामा भारतको लखनऊबाट प्रकाशित हुने ‘द पायनियर’पत्रिकाले छापेअनुसार पशुपतिशमशेर जंगबहादुर राणको जिजुबाजे श्री ३ महाराधिराज चन्द्र शमशेरले ब्रिटिस सरकारलाई गोर्खाली फौजको संख्या २ लाख पुर्याईदिएबापत वर्षको १० लाख भारु रुपैया आफ्नो नीजि ढुकुटीमा जम्मा गराउने प्रचलन सुरु गरेको थिए । यसरी चन्द्र शमशेरले नेपाली युवाहरुको रगत र पसिना बेचेर आफ्नो कार्यकालमा ४ अबर ब्रिटिश पाउण्ड कमाएका थिए । ५० प्रतिशत अर्थात् २ अरब ब्रिटिश पाउण्ड पशुपति शमशेरको बाजे मोहन शमशेर जिविस अवस्थामा हुँदै छोरा विजय शमशेर राणाको मृत्यु भएपछि सम्पूर्ण रकम पशुपति शमशेर जंगबहादुर राणाको पोल्टामा परेको थियो । त्यो रकम कहाँ छ यस रकमको खोज गर्न नेपाल सरकारसँग पहलकदमी चाल्न आजको सम्पूर्ण भुपू सैनिकहरु एकजुट हुनुपर्छ ।





Social Buttons