एमाले सभासद कमला शर्माले कांग्रेसका सभासद पूर्णबहादुर खड्कालाई २०६५ जेठ १५ गते बैठकमानै चप्पलले हिर्काइन् ।
एमाले सभासद डोलबहादुर कार्कीलाई एक युवालाई प्रहरीमा जागीर लगाईदिने नाममा २०६७ भदौं २५ मा १ लाख घुस लिँदा लिदै रंगेहात पक्राउ ।
रौटहट १ का सभासद बवन सिंहले २०६४ जेठ १४ गते रौतहटको ब्रह्मपुरी गाविसकी शिव दुलारी चमईको हत्या र २०६४ भदौ १६ मा त्रिपुरेश्वर काठमाडौंमा भएको बम विष्फोटमा संलग्न भएको प्रहरी आरोप ।
माओवादी सभासद् लोकेन्द्र विष्ट मगर संविधानसभा भवन भित्र पेस्तोल सहित प्रवेश
२०६५ फागुनमा महाराजगन्जस्थित कान्तिबाल अस्पताल पछाडिको एक घरमा कांग्रेस सभासद् कृष्ण प्रसाद यादव नगरबधुसँग रासलिला गर्दा गर्दै पक्राउ ।
फोरम लोकतान्त्रिककी सभासद करिमा बेगमले २०६६ कार्तिक २४ मा पर्साका सिडिओ दुर्गा प्रसाद भण्डारीलाई कार्यक्रममै थप्पड ।
माओवादी मन्त्री खड्ग बहादुर वि.क. गत पुसमा चोरीको गाडी प्रयोग गरे बापत पक्राउ ।
कांग्रेस सभासद अत्युतराज पाण्डे जुआ खेलिरहेको बेला रंगेहात पक्राउ ।
जनतादलकी गायत्री शाह र फोरमका विपी यादवले सभासद भए वापत सरकारले दिएको सुविधाको रातो पासपोर्ट डोढ करोड रुपैयामा विक्रि गरेको पुष्टि ।
२०६६ माघमा माओवादी सभासद चन्दा देवी(साथीहरु समेत) बन्य जन्तु आरक्षण बाराका कर्मचारीद्वारा रुख ढाल्दा ढाल्दै पक्राउ ।
सर्वाेच्च अदालतद्वारा माओवादी सभासद् बालकृष्ण ढुंगेललाई सर्वस्वहरण सहित जन्मकैदको फैसला सुनाएपनि हालसम्म पक्राउ नपरेको ।
फोरमका सभासद मोहम्मद इस्तियक राईले कानुनले रोक लगाएको रुख काट्न पाउनु पर्ने माग ।
कांग्रेस सभासद प्रकाशसरण महत ऊर्जा मन्त्री छँदा समितिको निर्णय पत्र समितिको सभापति शम्भु हजाराले पढेर सुनाउँद थुतेर च्याते ।
ड्ड विश्वेन्द्र पासवानले पनि समितिको निर्णय खोसेर अमर्यादित ढंगले च्यात्नुका अतिरिक्त कुर्सिनै फ्यालिदिए ।
चोर सभासद कपिलवस्तुकी सभासद इन्द्रमति यादवले धनसम्पत्ति गरगहना चोरेकी होइनन् । सभासद यादवले तारमा हुक गरेर मात्र बिजुली चोरेकी हुन् । सोही अभियोगमा यादवलाई ३ हजार ९ सय रुपैया जरिवाना गरियो । नायँ बनिरहेको घरमा विजुली चोरी गरिरहेको अवस्थामा भेटी बिजुली चोरी नियन्त्रण गस्तीले पक्राउ गरि जरिवाना गरिएको हो । तर प्रहरीले पक्रा गरे पनि सभासद भएको कारण उनीलाई घरमै छोडियो ।
नेकपा –माले–समाजवादी)की सभासद शारदा नेपाली बिहानै रक्सी खाएर लठ्ठ हुँदै प्रहरी र पत्रकारहरुलाई गालीगलौच गरिरहेको दृश्य हेर्न लायक थियो ।





Social Buttons