छुवाछुत उचनिच विरुद्ध हुने कार्यक्रमहरुमा यी बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनका नेताहरुले तारे होटलहरुमा हुने गोष्ठी देखि लिएर विशाल आम सभाहरुमा जातीय विभेदको अन्त्य गर्ने खालका ठूलाठूला गफ गरे पनि आखिर उनीहरुनै बाधक बन्न पुगेका उदाहरणहरु प्रशस्त पाइन्छन् । कांग्रेस, एमालेका नेताहरु छुवाछुत जस्ता सामाजिक विकृतिको अन्त्य गराउने सन्दर्भमा जति नै घोक्रो फुलाउँदै भाषण छाटेपनि गाउँघर र कुनाकाप्चाहरुमा उनीहरुकै आसेपासे यसको बाधक बन्ने गरेको पछिल्लो उदाहरण कालिकोटमा भएको हालैको घटनाले पुष्टि गर्दछ । भर्खरै प्राप्त समाचार अनुसार कालिकोटमा कथित उच्च जातका भनिएका व्यक्तिको चुलो छोएको निहुँमा कांग्रेसी कार्यकर्ताहरुले एक दलित महिलालाई मरनासन्न हुने गरी पिट्नुका साथै कालोमोसो र जुत्ताको माला लगाई अमानवीय व्यवहार गरेको कुरो प्रस्तुत फोटो ब्लकले नै प्रष्ट गरेको छ । यस्तो व्यवहार यो गणतान्त्रिक नेपालमा कहिलेसम्म रही रहने हो यसै भन्न सकिने अवसथा छैन । यसप्रति स्वयं नेपाली जनताले नै सचेत हुनुपर्ने पो हो कि ?
यसमा तपाइको मत
Social Buttons