Latest News

‘भानुभक्त आदिकवि होइनन्’

भानुभक्त आचार्य आदिकवि होइन उनलाई केवल दार्जिलिङका साहित्यकारहरुले श्री जुद्ध शमसेरलाई भनसुन गरेर आदिकविको उपाधि दिलाएका हुन् राणा प्रधानमन्त्रीलाई यसरी अनुरोध गरेर भानुभक्तलाई आदिकविको पगरी गुथाएको विषयलाई लिएर, आज त्यहाकै विद्वतवर्गले आफ्नो भूल स्वीकार गर्दैछन्
उक्त कुरो छहरा साप्ताहिकको एक प्रश्नको जवाफ दिनुहुँदै २०६९ साल वैशाख ११ गतेका दिन स्व.गुमान सि. चाम्लिङ्गले भन्नुभएको हो १९४२, १२ मेका दिन टिष्टा बजार दार्जिलिङ्गमा जन्मनुभएका चाम्लिङ्ग नेपाली साहित्य जगतमा कुनै अपरिचित नाम हुँदै होइन नर्थबंगाल यूनिभर्सिटिबाट राजनैतिकशास्त्रमा एम..गर्नुभएका श्री चाम्लिङ्गले विद्यार्थी छँदानै साहित्य क्षेत्रमा उल्लेखनीय पुरस्कार तथा पदकहरु पाइसक्नु भएको थियो बक्तृत्वमा मार्क एन्टोनीको रुपमा चिनिनुहुने श्री चाम्लिङ्गले विभिन्न महत्वपूर्ण ओहदामा रहि योगदान पुर्याइसक्नु भएको थियो साहित्यको क्षेत्रमा दर्जनौं पुस्तकहरु प्रकाशित गर्नुभएका चाम्लिङ्गले सन् १९८० मा भारतको राष्ट्रिय साहित्य एकेडेमी पुरस्कार, नेपालबाट रत्न श्री स्वर्ण पदक, रेडियो नेपाल पुरस्कार महानन्द पुरस्कार पाइसक्नु भएको थियो

२०२५ सालमा त्रिविविको भानुजयन्ती समारोह सभामा भानुभक्त आदिकवि होइनन् भनेर स्व.गुमान सिंह चाम्लिङ्गले भन्नुभएपछि सो बेला नेपाली विद्वतवर्ग भागमा विभाजित हुन पुगेका थिए एक समूहले यसको पूर्ण समर्थन गरेको थियो भने, अर्काे समूह तै चुप, मै चुपको शैलीमा उभिएका थिए केहीले भने मौखिक रुपमा यसको बद्ख्याँई गर्दै पनि हिडेका थिए
« PREV
NEXT »

यसमा तपाइको मत