छहरा संवाददाता । लामो
अस्थिरताबाट गुज्रिरहेको प्रजातन्त्र, नयाँ
मोडमा उथलपुथलसहित पुग्दासम्म
मुलुकले धेरै प्रधानमन्त्री
फेरबदल गरिसकेको छ तापनि
आदिवासी, जनजाति, शिल्पी मूलका
र महिलाबाट एकजना
पनि झुक्किएर समेत
पर्न सकेको छैन्
।
प्रजातन्त्र,
गणतन्त्र बहालीपछि नेपालमा कृष्ण
प्रसाद भट्टराई शेर बहादुर
देउवा–गिरिजाप्रसाद कोइराला
दोहोर्याई, तेहेर्याई प्रधानमन्त्री बन्नु
बने । तर
यसमा लिम्बू, राई,
गच्छादार, तामाङ, शिल्पी, महिला
समुदायबाट पर्दै परेका छैनन्
। किन ? किनभने
मुलुकमा तन्त्र फेरीए पनि
गायत्रीमन्त्र फेरिएकै छैन ।
६ वैशाख २०४७
देखि १९ माघ
२०६१ सालसम्म आइपुग्दा
राजनीतिले धेरै उतार
चढावहरुको सामना गर्नु गर्यो
। प्रजातन्त्र प्राप्तिपछि
कृष्ण प्रसाद भट्टराई
(६ वैशाख २०४७)
बाट शुरु भएको
प्रजातान्त्रिक नेतृत्व शेर बहादुर
देउवको कार्यकाल(१९ माघ
२०६१) सम्म आइपुग्दा
देश निरंकुश भनिएको
कालो पंचायती व्यवस्थालाई
माथ गर्दै भ्रष्टाचारमा
चुर्लुम्म डुबिसकेको थियो ।
यो बीचमा लामो
समयसम्म पदमा रहने
प्रमको रुपमा स्व.गिरिजा
प्रसाद कोइराला हुन् ।
पाँच कार्यकाल गरी
करिब ६ वर्ष
उनले देशको प्रधानमन्त्रीको
कार्यभार सम्हालेका थिए ।
एकै कार्यकालमा लामो
समय प्रधानमन्त्रीको पदमा
रहने भाग्यमानि पनि
उनी नै हुन्
। २०४८ सालको
आमनिर्वाचनमा निर्वाचित प्रधानमन्त्री भएपछि
कोइराला करिब साढे
तीन वर्ष पदमा
रहि रहे ।
आजको अवधीसम्म नेका,
नेकपा एमाले, माओवादी,
राप्रपा, यी दलहरुले
देश चलाउने अवसर
पाइरहे । यसबीचमा
एमालेले पनि शासन
चलाउने अवसर पटक
पटक पाएकै हो
। एकलौटी रुपमा
नौ महिनासम्म अल्पमतको
सरकार चलाउने भाग्यमानी
पाटीई एमाले नै
हो । शेरबहादुर
देउवा पुनः प्रधानमन्त्री
हुन पुगे ।
उनी पटक पटक
गरी ४ पटक
प्रधानमन्त्री पदमा आसीन
हुन पुगेका छन्
। तर बिडम्बना,
यो सतीले श्राप
गरेको मुलुकमा यसरी
२०४७ सालदेखि हालसम्मको
प्रधानमन्त्री बन्ने व्यक्तिहरुका सूचीमा,
आदिवासी, जनजाति, मधेसी, शिल्पी,
महिला पर्न सकेका
छैनन् । प्रधानमन्त्रीको
सूचीमा यी समुदाय
कहिले पर्ने हुन्
? कसरी पर्ने हुन् ? कौतुहलताको
विषय बनेको छ
। यस समुदायबाट
प्रम हुनका लागि
के गर्नु पर्ने
हो । जनै
धारण गरेर कमण्डल
र शर्पको माला
र बाघकै छाला
ओड्नु पर्ने पो
होकि, के गर्नुपर्ने
हो ? राममणि आदिको
‘भलो कुराको नमूना’
शिर्षक कविताले यो मुलुकमा
कहिलेसम्म प्रभावित पार्ने हो,
बुझ्नै नसकिने विषय बनेको
छ ।
२०४७ देखि हालसम्म
बनेका प्रधानमन्त्री
कृष्णप्रसाद
भट्टराई(नेका), गिरिजाप्रसाद कोइराला(नेका), मनमोहन अधिकारी(एमाले), शेरबहादुर देउवा(नेका), लोकन्द्र बहादुर
चन्द(राप्रपा), सूर्यबहादुर
थापा(राप्रपा), गिरिजाप्रदास
कोइराला(नेका), गिरिजाप्रसाद कोइराला(नेका), गिरिजाप्रसाद कोइराला(नेका) कृष्णप्रसाद भट्टराई(नेका), गिरिजाप्रसाद कोइराला(नेका) शेरबहादुर देउवा(नेका) लोकन्द्र बहादुर
चन्द(राप्रपा), सूर्यबहादुर
थापा(राप्रपा), शेरबहादुर
देउवा(नेका), पुष्पकमल
दाहाल(माओवादी), सुशील
कोइराला(नेका), माधव कुमार
नेपाल(एमाले), झलनाथ
खनाल(एमाले), खड्गप्रसाद
ओली(एमाले), बाबुराम
भट्टराई(माओवादी), खिलराज रेग्मी
आदि ।





Social Buttons