Latest News

राजधानीवासीको पहिलो गाँसमै ढुंगा

मेयर विद्यासुन्दरको धुन्धुकारी निर्णय 

काठमाडौं । काठमाडौं महानगरपालिका बाँदरको हातमा नरीवल झैं हुने देखिएको छ । कारण साधारण जनताको लागि राहत र कामनपालाई स्वीटजरलैण्ड र स्मार्ट सिटी बनाउने घोषणा गर्दै महानगरपालिकाको प्रमुख हत्याउन पुगेका विद्यासुन्दर शाक्यको कार्यशैली हेर्दा ठ्याक्कै त्यस्तै छनक मिलेको छ ।
नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको बजेटबाट आफ्नै सुविधा र फाइदाका लागि लाखौ रुपैयाको मोबाइल फोन खरिद गरि आफ्नो मानिसहरुलाई वितरण गर्ने भएका छन् । विद्या सुन्दरले महानगरपालिकाको असारको पहिलो हप्तामा बसेको नगरपालिकाको बैठकले नगरपालिकाका प्रमुख, उपप्रमुख, सबै सदस्यहरुलाई लाखौं रुपैया खर्चिएर मोबाइल खरिद गरि उपलब्ध गराउने निर्णय गरेका छन् । निर्वाचनताका जनता समक्ष आफूले गरेको प्रतिबद्धता र घोषणापत्र विपरीत व्यक्तिगत सुविधाका लागि यसरी करोडौं रुपैया खर्च गर्ने निर्णय गरेर, महानगरपालिकाका ‘जनताको मुखमा पहिलो गाँसमै ढुंगा’ भन्ने चरितार्थलाई उजागर गरिदिएका छन् ।
प्राप्त जानकारी अनुसार महानगर कार्यपालिका बैठकको निर्णय नं. ३(ख) मा प्रमुख र उपप्रमुखका लागि मोबाइल फोन खरिद गर्ने र मोबाइल रिचार्ज खर्च बील अनुसार भुक्तानी दिइने मात्र नभएर प्रमुख र उपप्रमुखले जति महँगो परेपनि रोजेको र छानेको अनुसारको ‘स्मार्ट मोबाइल फोन’ खरिद गर्न पाउने र अन्य सदस्यहरुको लागि भने ५०÷५० हजार रुपैया सम्मको मोबाइल सेट खरिद गर्ने र प्रत्येक सदस्यलार्य मासिक रु ५ देखि १० हजार सम्मको मोबाइल रिचार्ज कार्ड उपलब्ध गराउने धुन्धुकारी मर्काको निर्णय गरेर दुनिया हँसाएका छन् ।
निर्णयमा प्रमुख र उपप्रमुखले आफ्ना लागि आफै मोबाइल खरिद गरेर बील जतिको बुझाए पन िहुने निर्णयमा उल्लेख छ । महानगरपालिकामा ३२ वडा अध्यक्ष र ८ जना सदस्य गरी जम्मा ४० जनाले यो सुविधा उपलब्ध गर्ने छन् । स्मरण रहोस् स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पाउने सुविधाबारे संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कानूनको मस्यौदा तयार पारिरहेकै अवस्थामा महानगरपालिकाका नवनिर्वाचित मेयर विद्या सुन्दरले यसरी हतार–हतारमा आफ्नो सुविधाको लागि बहुलट्ठी निर्णय गरेका हुन् । बुझिए अनुसार मन्त्रालयले तयार पार्दै गरेको मस्यौदामा भने निर्वाचित पदाधिकारीहरुका लागि तलब बैठक भत्ता दिने प्रस्ताव रहेको छ । मन्त्रालयले कानून बनाएर मात्रै कानून अनुसार जनप्रतिनिधिहरुलाई सुविधादिने प्रस्ताव गरेपनि प्रमुख विद्यासुन्दर लगायतले बिनाकानून, जथाभावी तबरबाट तलब भत्ता, मोबाइल फोन, सीमकार्ड र रिचार्जकार्ड खर्च दिने जनविरोधी कार्य गरेर एमालेको मुखमा पनि पहिलो गाँसमै ढुंगा कोचिदिएको छ ।
यसरी जथाभावी धुन्धुकारी निर्णय गर्ने विद्यासुन्दर शाक्यको प्रतिबद्धता थिएन । उनको प्रतिबद्धतामा सुन्दर काठमाडौं शहसर, समृद्ध, सुनिश्चित र जीवन्त शहरको रुपमा थियो । विद्यासुन्दरको प्रतिबद्धतामा मोटामोटी रुपमा के–के थियो त ? हेरौं मेयर विद्यासुन्दरले चुनाव जित्नु अघि चुटेको गफः–
द्यगक च्बउष्म त्चबलकउयचतबतष्यल ९द्यच्त्० र सिटी  बस सेवा दैनिक २० घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाईनेछ । महानगरभित्र कुनै पनि स्थानबाट १० मिनेट भन्दा बढी हिड्नु नपर्ने गरी ‘पब्लिक ट्रान्सपोर्ट’को व्यवस्था गरिनेछ ।
स्मार्ट सिटी ट्रान्सपोर्ट कार्डको व्यवस्था गरिनेछ । उक्त कार्ड मेट्रो÷मोनो रेल, सिटी बस, केबुलकार आदि सार्वजनिक यातायातमा प्रयोग गर्न सकिने व्यवस्था मिलाइनेछ ।
मेलम्ची खानेपानी आयोजनासँग समन्वय गरी यसै वर्षदेखि महानगरवासीको घर–घरमा खानेपानी पुर्याउने व्यवस्था गरिनेछ ।
भूकम्पीय जोखीमलाई न्यूनीकरण गर्न भवन संहितालाई परिमार्जन गरिनेछ । नयाँ घर तथा कमर्सियल भवनहरुमा अनिवार्य रुपमा सोलार इनर्जी प्रयोग गर्न लगाइनेछ । साथै उक्त नयाँ बन्ने घरहरुमा अनिवार्य रुपमा नेचुरल लाईटको व्यवस्थ ागर्नुपर्ने कुरामा जोड दिइनेछ ।
आगलागि भएको अवस्थामा तत्काल आगो नियन्त्रण गर्न सक्ने गरी प्रत्येक वडामा ९ँष्चभ ज्थमचबलत० व्यवस्था गरिनेछ ।
विश्वका विकसित शहरहरुमा निर्माण गरिए जस्तै काठमाडौं शहरको दृश्यावलोकन गर्न एउटा ‘काठमाडौं फ्लायर’ निर्माण गरिनेछ ।
काठमाडौं महानगरलाई २४ सै घण्टा खुल्ला जीवन्त शहरको रुपमा विकास गरिनेछ ।
महानगर क्षेत्रभित्रका महत्वपूर्ण सार्वजनिक स्थानहरुमा ‘फ्री–वाईफाई जोन’ स्थापना गरिनेछ ।
काठमाडौं महानगरलाई धुलो र धुँवामुक्त सुन्दर र व्यवस्थित हरियाली शहर बनाइनेछ । वातावरणीय अवस्था नियमन गर्न आवश्यक उपकरणहरुको जडान गरिनेछ ।
महानगरको नागरिक हुनुमा गौरव महसुस हुने गरी ‘महानगर स्मार्ट सिटिजन कार्ड’को व्यवस्था गरिनेछ ।
अध्ययनरत युवाहरुलाई लक्षित गरि बौद्धि विकासको लागि ई–लाइब्रेरी सहितको स्मार्ट यूथ पार्कहरु ठाउँ–ठाउँमा निर्माण गरिनेछ ।
फोहरमा निस्कने विभिन्न पदार्थहरुको ‘रिसाईकलिङ प्लान्ट’हरु स्थापना गर्न प्रोत्साहित गरिनेछ । महानगरको फोहरबाट वायोग्याँस उत्पादन गरी प्रयोगमा ल्याइनेछ ।
नेपालको मौलिक सम्वतका रुपमा रहेको नेपाल सम्वतलाई प्रचलनमा ल्याइनेछ ।
भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन गर्न महानगर साहित्य पुरस्कारको स्थापना गरिनेछ । टोलटोलमा रहेका भजन भकाली र सांस्कृतिक समूहलाई संरक्षण गरिनेछ ।
प्राथमिक तहमा मातृभाषाको शिक्षण सिकाईलाई प्रोत्साहन गरिनेछ । माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य, निःशुल्क र गुणस्तरीय बनाईनेछ । काठमाडौं महानगरलाई उच्च शिक्षाको हबका रुपमा विकास गरिनेछ ।
जेष्ठ नागरिक, अपाङगता भएका बालबालिकाहरु –पाँच वर्ष मुनिका), गरिबीको कार्डप्राप्त गरेका व्यक्तिहरुलाइृ महानगरबाट सञ्चालित यातायातमा निःशुल्क यातायातको व्यवस्था गरिनेछ ।
‘ओल्ड एज होल’,  निर्माण गरी महानगरका वृद्धवृद्धालाई सेवा प्रदान गरिनेछ । ८० वर्षदेखि माथि उमेरका प्रत्येक जेष्ठ नागरिकलाार्य विशेष महानगरभत्ता प्रदान गरिनेछ ।
महानगरको विभिन्न ठाउँहरुमा ‘ईलेक्ट्रिक गाडी’, बाइक, मोबाईल लगायतका इलेक्ट्रिकल डिभाईसहरु रिचार्ज गर्न ‘डेडिकेटेड रिचार्ज सेन्टर’को व्यवस्था गरिनेछ ।
सुकुम्वासी समस्यालाई यथाशीघ्र समाधान गरिनेछ ।

« PREV
NEXT »

यसमा तपाइको मत