Latest News

कांग्रेस नेता नै ठगी काण्डमा

काठमाडौं निमुखा गरिब नेपालीहरुलाई विदेश पठाउने बहानामा दलालहरुले ठगी गरेका घट्ना नेपाली समाजको लागि कुनै नौलो होइन अरु के यस प्रकरणमा राजनैतिक दलका नेता देखि कार्यकर्ताहरु पनि कम छैनन् उदाहरणको लागि देशको ठूलो दल कांग्रे महासमिति सदस्य ऋषिकेशजंग शाहले पनि अमेरिका जापान, क्यानडालगायत देशमा पठाइदिन्छु भनि सर्वसाधारणलाई ठगी गरेको पाइएपछि प्रहरीले शाहलाई पक्राउ गरेको जानकारीमा आएको उनी लगायत चार जनालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको
शाह विरुद्ध एक करोड ८६ लाख रुपैया ठगी गरेको आरोप प्रहरीले शाहसहित रक्षा वैद, सुनिल प्रजापति महेश्वर रावतलाई पक्राउ गरेको जनाएको नेवि संघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका ऋषिकेशजंग शाहलाई जसरी पनि जोगाउन कांग्रेस पार्टी भित्र बहस चलिरहेको थाहा हुन आएको

ठगहरुले राजनैतिक आवरणमा ठगी गर्ने कुरा ऋषिकेशजंग शाह प्रकरणले नै पुष्टि गर्दछ त्यस बाहेक अन्य उपायहरु रचि ठगी गर्ने गरेको कुरा छहरालाई प्राप्त एक मनगढन्ते विज्ञापन उपलब्ध भएको प्रस्तुत विज्ञापन झुट्टा केवल ठगी गर्ने उद्देश्यले मात्र प्रकाशित गरेको हुन सक्छ यसप्रति सबै सजग रहनु पर्ने छँदैछ यस्ताहरुलाई आवश्यक छानबीन गरि झुट्टा ठहरे कानूनी कारवाही गर्नुपर्ने त्यतिकै आवश्यक सामाजिक सञ्जालमा प्रस्तुत विज्ञापन हेर्दा विश्वास  गर्ने आधार छैन यसप्रकारको विज्ञापन प्रकाशित गर्दा समेत सम्बन्धित निकाय किन चूप ? प्रश्न उठ्नु अस्वभाविक होइन
« PREV
NEXT »

यसमा तपाइको मत