पछिल्लो समाचार अनुसार राजपाले स्वतन्त्र रुपबाट आफ्नो उम्मेदवार उठाउँदै पश्चिमको बाँके सहित केही जिल्लाहरुमा लोकतान्त्रिक फोरमसँगसहकार्य गरेको देखिन्छ । राजपाको पकड क्षेत्ररहेको बाँकेको राजपाका नेताहरु बिजयगच्छादारको चुनाव चिन्हबाट खडा भएका छन् । राजपाको पशुपति दयाल मिश्रको क्षेत्र बाँके र कैलालीमा राजपाल विजय गच्छादारसँग सहयोग साटासाट गरेको छ ।
यसरी राजपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएपछि पश्चिममा राजपाले निर्वाचन विथोल्ने कार्यक्रम फिर्ता लिएको छ । राजपाका एक नेताले छहरा सम्वाददाासँग भने “हामी अहिले सशक्त आन्दोलन गर्न सक्ने अवस्थामा छैनौं । चुनावलाई पनि सघाएका छैनौ । चुनावप्रति इच्छुक राजपाका कार्यकर्ताहरुलाई सघाएका छौं । अहिले चुनावलाई विथोल्ने राजपाको कार्यक्रम नरहेको बताए ।





Social Buttons