गाईको मासु खान पाउने नैसर्गिक अधिकारवाला समुदायलाई संविधानले खाने छुट दिएको हुँदाहुँदै अनाहकमा प्रहरीले धडपकड गरेको समाचार छ । समाचार अनुसार गुल्मी रुरु गाउपालिका ५ बम्घा सौरकोटका ४९ वर्षीय डम्बर सार्की, २६ वर्षीय अम्मर बहादुर नेपालीलाई गाई काटेर खाएको आरोपमा पक्राउ गरेको छ । घट्नाको मुचुल्का तयार पारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कसुर ठहरियामा उनीहरुलाई जंगे कानून मुलुकि ऐन २०२० को चौपाया सम्बन्धि महलको ११ अनुसार १२ वर्ष कैद सजाय हुने छ । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धा गरिरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीबाट थाहा भएको छ ।
नेपालमा अझै ‘जंगे कानून’

Social Buttons