संसदीयकालमा प्रधानमन्त्रीका लागि दरबारमा बिन्ती पत्र हाल्ने दुई ठाउँबाट चुनावमा हारे पनि भारतीय शासक वर्गको कठपुतली बनेर नेपालको शासन चलाएका माधव नेपालले नेतृत्वकालमा अपराधिकरण भएको एमाले अहिले गणतन्त्रको शत्रु भएको छ । कांग्रेसमा सुडान काण्डले गर्माएको कृष्ण सिटौला, सुजाता जोष्ठ जस्ता भ्रष्टले गणतन्त्र रुचाउने प्रश्नै भएन । त्यही कारण अख्तियारले उनीहरुलाई छोएको छैन । एमाले र कांग्रेसमा बढीरहेका भ्रष्टहरुले उनीहरुको संरक्षक बनेर जनमुक्त सेनाको अपमान गरेका छन् । माओवादीको नेतृत्वमा समेत आन्तरिक अपराधीको विगविगी बढीरहेको छ ।
सरकारको प्रमुख घटक भएकोले माओवादीका उद्देश्य नीति र कार्यक्रम सरकारको वार्षिक कार्यक्रमका रुपमा आउन ठुलो कुरा होइन । सरकारले जेठ १५ गते बजेट प्राप्त गर्यो र त्यो बजेटले तस्करको संरक्षण भ्याट छल्नेको उद्दार गर्दै गरिब निमुखा जनतामाथि महँगीको भार थोपरेको छ ।
छहरा साप्ताहिक (सम्पादक गोपाल छाङछा)





Social Buttons