Latest News

डलरखेतीमा होडबाजी

काठमाडौं । मुलुकमा गैरसरकारी संघ–संस्थाहरु दलित, पिछडिएकावर्गको उत्थानको नाममा च्याउँझै उम्रिरहेका छन् । ती संस्थाहरुलाई दाताहरुले सालिन्दा करोडौं–करोड रकम पनि पठाईनै रहेका छन् । तर सो रकम कहाँ, कति, कसरी खर्च गरिए, लक्षित, समुदायसम्म पुग्यो पुगेन त्यसको प्रभावकारी अनुगमन हुन सकिरहेको छैन ।
संघसंस्था खोलेर नेपाल मै डरको खेत ीगर्ने जमान पनि अहिले कम छैन । त्यसैले आजकाल दलितको नाममा संस्था खोलेर लरको खेत ीगर्न होडबाजी नै चलेको छ । महिनाको पचास हजार घर भाडा मात्र तिरेर बसेका यी दलित गैर सरकारी संस्थाहरु कसरी चल्दैछन् ?
राज्यभर करिब दुई सय अठासी दलित एनजिओहरुले दलितमुखी काम गर्छाै भन्दै दातृ निकायसँग करोडौं रुपैयाँ लिने गरेका छन् ।
राजधानी आसपासमा मात्र दलित एनजीओ पचासवटा भन्दा बढी रहेका छने भने यी सबै दाताको पैसाले मोजमस्ती गरिरहेका छन् । दलित एनजीओ सञ्चालन गर्नेमा पूर्वमन्त्रीदेखि लिएर माओवादीबाट मनोनित विधायकहरु समेत रहेका छन् । नेपालमा दलितका लागि भनेर छुट्टै बजेट छुट्टाउने काम डेनिडाको मानव अधिकार तथा असल शास इकाइ हुगा र एक्सन एड नेपालले सन् २००० बाट सुरु गरेका हुन् । विदेशी संस्थाले दलित उत्थानको लागि बजेट छुट्याएको पैसा दलित समुदायको लागि भने कागालाई बेल पाक्यो हर्ष न विष्मात जस्तै भएको छ ।
त्यो त दलित उत्थानको लागि विदेशीले पैसा दिएको वर्षाै भयो । १० वर्षको हाराहारीमा नेपालमा झण्डै दुई अर्ब रकम भित्रिएको छ । यही पैसाले काठमाडौंका तारे होटलमा दलित उत्थानको गफ चुट्दै गोष्ठी र सेमिनार हरुमा दलित एनजिओहरु लागेका छन् । तर उनीहरुका दस्तावेजहरु हेर्ने हो भने अधिकांश कार्यक्रम कैलाली, अछाम, डोटी, रुपन्देही, धनुषा र सप्तरी लगायतका जिल्लाहरुमा हुने गर्छन् ।
सरकारले पनि दलित उत्थानको लागि छुट्टै बजेट लगानी गर्दै आएको छ । विगतलाई हेर्दा डिएफआईडीले सन् २००३ देखि २००६ सम्मको लागि ६ वटा संस्थालाई करिब १६ करोड ५ लाख १० हजार ९ सय ६० रुपैयाँ दिईसकेो छ । जसमा त्यो रकम दलित गैरसरकारी संस्था महासंघ, दलित सेवा संघ, दलित महिला संघ, जनउत्थान प्रतिष्ठान र राष्ट्रिय दलित समाज कल्याण संघको भाग बण्डा गरी रकम तह लगाएका छन् । उनीहरु सुर्खेतसम्म आफ्नो कार्यक्षेत्र बनाएका छन् । हुगोले वार्षिक ३ करोड खर्च गर्दै आएको छ भने वार्षिक १ करोड ६० लाख एक्सन एड नेपालले दलितका लागि लगानी गर्दै आएको छ ।
प्रजातान्त्रिक प्रक्रियामा दलित महिहलाको सहभागिता शीर्षकमा २००७ देखि २००८ सम्म दलित महिला संघको बजेट ८४ लाखको हाराहारीमा रहेको छ । संघले पनि काठमाडौं आसपासमा कार्यक्रम गरेर पैसालाई तह लगाउने भएको छ । अब त मधेसी दलितहरुका नाममा पनि लाखौं रुपैयाँ विदेशीले दिन थालेका छन् । दाताहरु अझै दलितका नाममा पैसा दिन इच्छुकक देखिन्छन् ।
छहरा साप्ताहिकबाट (सम्पादक गोपाल छाङछा राई)

« PREV
NEXT »

यसमा तपाइको मत