उक्त योजनाअन्र्तगत सरकारी रोजगारी नभएका प्रत्येक परिवारका एक व्यक्तिलाई रोजगार दिइनेछ । उनीहरुको खेती र कृषि क्षेत्रमा लागेको सबै ऋण माफी गरिने घोषणा पनि यस अघिनै गरिसकेका छन् । भारतमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री बनेका डा.चाम्लिङले सिक्किमको पलजोर रंगशालामा आयोजित रोजगार मेला २०१९ मा यो योजना शुभारम्भ गरेका हुन् । यसका साथै उनले राज्यका ३२ विधानसभा क्षेत्रका दुई दुई जनालाई सोही समयमा अस्थायी नियुक्तिपत्र दिएका थिए ।
चाम्लिङको सिक्किम डेमोक्र्याट्रिक फ्रन्ट सरकारले यसै योजनाअन्र्तगत केही दिनअघि २० हजार युवालाई तत्काल अस्थायी नोकरी दिने घोषणा गरेको थियो । कार्यक्रमको औपचारिक शुभारम्भपछि सरकारी अधिकारीले सबै नियुक्तिपत्र वितरण गरेका थिए । शनिबार ११ हजार ७७२ जनालाई नियुक्ति पत्र दिइएको थियो । मुख्यमन्त्री चाम्लिङले बाँकी सबैलाई छिटै नियुक्ति दिईने स्पष्ट पारे । नियुक्ति पत्र वितरण भइरहँदा दर्शक दीर्घाबाट ‘पवन चाम्लिङ जिन्दावाद’का नारा लगाइएका थिए । हाल दिइएका अस्थायी नियुक्ति पाएकालाई आगामी पाँच वर्षसम्म नियमित रोजगारी दिइने र सबैलाई स्थायी कर्मचारी बनाइने सिक्किम सरकारले घोषणा गरेको छ । हाल १२ वटा सरकारी विभागका समूह ‘ग’ र ‘घ’ मा नयाँ कर्मचारी भर्ना भइरहेका छन् । यस सवालमा पत्रकारहरुको जिज्ञासा मेट्दै चाम्लिङले भने, ‘हामी चौकिदार(गार्ड), माली, अस्पतालमा वार्ड सहायक, स्वास्थ्य सुविधा प्रदायक, ग्राम प्रहरी र सहायक ग्राम पुस्तकालयाध्यक्ष सहित २६ खालका विभिन्न पदमा नियुक्ति दिइरहेका छौं ।’ उनले कैयौं नयाँ भर्ती गरिएका कर्मचारीको व्यवस्थापन गर्न चालू वर्षको ८९ दिनको बजेटबाट रकम छुट्याइएको र आगामी आर्थिक वर्षमा नयाँ बजेट छुट्याइने स्पष्ट पार्दै ६९ वर्षीय नेता चाम्लिङले भने ‘यो हाम्रो लागि निकै गौरवको विषय हो र सिक्किमे युवाका लागि खुशीको अवसर पनि हो ।
अर्काे एक जानकारी अनुसार आउँदो कार्यकालमा पनि सारा सिक्किम जनताहरुले पवन चाम्लिङलाई नै मुख्यमन्त्री बनिदिन आग्रह गर्दै– आम सिक्किमेली जनताको जीवनस्तर उकास्ने काम यसरीनै गरिरहन अनुनय–विनय समेत गरिरहेका छन् भनिएको छ ।
सिक्किमस्थित छहरा संवाददाताबाट






Social Buttons