छहरा साप्ताहिक
काठमाडौं । आदिवासी जनजाति व्यक्तिहरुद्वारा विभिन्न समयमा आ–आफ्ना समुदाय अर्थात जातीय हक, हित र अधिकारका लागि वार्षिक, अर्धवार्षिक, त्रैमासिक, पाक्षिक, साप्ताहिक र दैनिक पत्रिकाहरु प्रकाशित तथा संचालित भएका छन् । जसमध्ये धेरै जस्तो पत्रिकाहरुको प्रकाशन बन्द भएका छन् । प्रकाशक बन्द हुनुको कारण धैर्यता लगनशीलताको अभाव र आर्थिक सवालनै हुन् । त्यसमध्य पनि सामुहिक ऐक्यबबद्धता नहुनु यसको मूल कारण हुन सक्दछ ।
जुन उद्देश्य र लक्ष्य लिई ती पत्रिकाहरु प्रकाशित भए, केही अंक प्रकाशित भए, अनि अस्ताए । यसरी केही अंकमानै पत्रिका बन्द हुँदा, त्यसको असर जनता–जनाद्र्धनमा कस्तो पर्यो होला ? यसो भनेर पत्रिकाको संचालक तथा प्रकाशक सम्पादकहरुलाई खिज्याउन खोजिएको होइन तर आदिवासीको विषयमा निरन्तर नलेख्ने हो भने, एक दुई अंकको कुनै प्रयोजन हुँदैनकी भन्ने आशयमात्र प्रकट गर्न चाहेको हुँ । यसरी प्रकाशित भएर हाल विविधकारण बस अस्ताएका पत्र–पत्रिकाहरुमा मासिक तर्फ कोङपी, कैरन, शाल्पा, लाफा, तामाङ टाइम्स, नेपाल टुडे, पारुहाङ, नाम–साम, यलम्बर, हिमालय, नागरिक(हाल नागरिक दैनिक) आदि रहेका छन् भने साप्ताहिकमा चोमोलोङमा, जनचाहना, युगध्वनी, जनयुग, हलचल, अन्र्तवार्ता, तरङ जन–ज्वाला, दि गोर्खाज, सनराई पोष्ट, न्यूलाईट, थन्डरबोल्ट, काठमाडौं टुडे आदि छन् । यी सब पत्रिकाहरु बन्द हुनको पछाडि एउटै कारण रहेको बुझियो त्यो हो पाठकहरुको अभाव ।





Social Buttons