अब ‘किरात लिपि’को वास्तविकाता पट्टी जाउँ हिजो आज हामी बीच चलन चल्तीमा आएको लिपिलार्य ‘किरात लिपि’ भनेर लेखिएको उदाहरणहरु प्रशस्त देखिन्छ । किरात भाषाविद् एवं इतिहासकार इमानसिंह चेम्जोङले आफ्ना कतिपय पुस्तकहरुमा किरात लिपि नै लेखेका छन् । यस बाहेक लेफ्टिनेन्ट कर्णेल भन्सिटाट, डा.ब्राइन हजसन, कर्णेल कर्कपेट्रिक, प्रोफेसर आर.के स्प्रीग, मेजर डब्लु क्रुक, क्याप्टन सी,जे मोरिस, डा.कमला साकृत्यायन आदि विदेशी विद्वानहरुले पनि किरात जाति र किरात लिपिको बारेमा खोज अनुसन्धान गरी आआफ्ना पुस्तकमा लेखिसकेका छन् । वर्तमान किरात धर्मगुरु लिङदेन आत्मानन्द सेइङले पनि किरात लिपिलाई समर्थन गरी सक्नु भएको छ । तब हामी लिम्बू लिपि भनेर किन लेख्न ? फर्केर हेर्दा किरात लिपिको हस्त लिखित पुस्तकहरु लण्डनको इण्डिया लाइब्रेरीमा सुरक्षित रहेको कुरा सुन्नमा आएको छ । वास्तवमा किरात जातिको भाषा, लिपिको खोज अनुसन्धान उल्लिखित विदेशी विद्वानहरुले गरेका हुनाले नै यस बारे जान्न बुझ्न हामीलाई सहज सुविधा भएको छ । फेरी फर्केर हामी किरात लिपिकै प्रसंगमा जाउँ । तत्कालिन श्री ५ को सरकार शिक्षा मन्त्रालय पुरातत्व विभाग, राष्ट्रिय अनुसन्धान शाखाको अभिलेख उपशाखाले प्रकाशन गरेको लिपि विकासको तालिका अहिलेको सन्दर्भमा हेर्न बुझ्न ज्यादै आवश्यक छ । त्यस तालिकामा नेपालमा लिच्छवी पूर्वकाल, लिच्छवीकाल, मल्लकाल र शाहवंशकालसम्म र चलनचल्तीमा आएको ब्राह्मी, पूर्व लिच्छवी, उत्तर लिच्छवी, किरात, रजना, भुजिमो, नेवारी, मैथिलि, तिब्वती, नन्दिगिरी देवनागरी समेतका लिपिहरु उल्लेख भएको पाइन्छ । तर, त्यो लिपि सरसर्ति हेर्दा त्यहाँ राई लिपि र लिम्बू लिपिको अस्तित्व नरहेको देखिन्छ । अतः किरात इतिहासको मूल्य मान्यता एवं भाषा लिपिको मान्यता माथि खेलवाड गर्नु गराउनु हास्यास्पद हुन जानेछ । अतः यस क्रियाकलापमाथि मध्यनजर राख्दै घुम्ने मेचमाथि अन्धो मान्छे कवितामा कवि भूपी शेरचनले लेखेका कविता झै हामी भएका त छैनौ ।
“हामीले आफ्नो पूर्व स्मृति गुमाई सक्यौं ।
हामीले आफ्नो विगत उचाइलाई बिर्सि सक्यौं ।”
अन्त्यमा, उल्लिखित कुराहरुलाइ हामी सम्पूर्ण किरातीहरुले मनन गर्नुपर्दछ, बुझ्नुपर्दछ । किनभने हामी किराती किरात नै हौ । किरात लिपि लिम्बू लिपि र श्रीजंग लिपि भनेर बेतुकको बहस गरिरहनु राम्रो होइन । हामीले सद्भाव, सचेतना र एकताको भावना जगाउनु पर्दछ । किरात इतिहासलाई कहिल्यै उपेक्षा गरिनु हुँदैन । इतिहास हेरेर केही लिम्बू लेखकहरुले किरात लिपिलाई लिम्बू लिपि, श्रीजंगा लिपि भनेर लेख्न थाल्यो भने राईहरुले पनि भोलिको दिनमा राई लिपि खोज्न थाल्नेछन् । हामी बीच यस्तो भयो भने हाम्रो किरात अस्तित्व च्याङलिएको थाङना जस्तो हुन जानेछ । तसर्थ अब आडम्बरको पराकाष्ठमा पुगेर किरात इतिहासलाई खोक्रो प्रतिक बनाउनु हुँदैन । हामीमा भ्रमात्मक अवशेषहरु आउन दिनु हुँदैन । किनभने हामी किरातीहरु बीच किरात लिपिलाई कसैले लिम्बू लिपि, कसैले श्रीजंगा लिपिको मत मतान्तरमा बहस गरिरह्यौ भने हाम्रो लक्ष्य कहिले पुरा हुन सक्दैन र हामी बैरागिएका पथिक झै हुनेछौं । हामी पीडा र बेदनाले भरिएको पर्खालभित्र सीमित रहनेछौं । तब हामी निस्पन्द निश्चत, शिथिल र चुपचाप भएर बस्नुपर्ने हुन्छ । तसर्थ हामी वर्तमानको सोचाई प्रति जागरुक हुन आवश्यक देखिन्छ ।
यसमा तपाइको मत
Social Buttons