केप ीओली र प्रचण्डबीच कुरो नमिलिरहेको अवस्थामा पार्टी एकीकरणलाई लिएर माओवादी भित्र पनि खटपट सुरु भएको छ । नारायणकाजी श्रेष्ठ माओवादीलाई तत्काल एमालेमा विलय गराउने पक्षमा छन् तर माओवादी भित्र खुलेरै बाहिर नआएपनि भित्रभित्रै एमालेसँग पार्टी एकता गर्नुहुन्न भन्ने जमात ठूलै देखिन्छ । यही समुहले अध्यक्ष दाहाललाई हतारमा एमालेसँग पार्टी एकीकरण नगर्न सल्लाह दिदै आएका छन् । मूलधारबाट मोहन वैद्धसँग गएका तर पछि माओवादी केन््रद्रमा नै फकिएका माओवादी –जनयुद्ध)लाई आत्मसाथ गर्ने गरी सम्मानजनक एकताको पक्षमा देखिएका छन् । स्वयं प्रचण्ड पनि एकीकृत पार्टीको अध्यक्ष र तीन वर्ष पछि प्रमको सुनिश्चितताको खोजीमा छन् । तर प्रचण्डका यस्ता अडान र मागलाई नेपाली एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै पनि हालतमा स्वीकार्ने पक्षमा छैनन् । त्यसो त प्रचण्डको यस्तो मागलाई एमालेका दोस्रो तहका नेताहरुले पनि कुनै हालतमा पुरा हुन नदिने अवस्थामा छन् ।
माओवादी पार्टी एकताका निर्णय गर्ने जिम्मा प्रचण्ड, नारायण काजी र रामबहादुर थापालाई दिइएको छ । कम्युनिष्ट पार्टीको स्थापनाको अवसर पारेर वैशाख ९ गते नै पार्टी एकता गर्ने भनिए पनि यही सवालहरु बारे कुरा नमिल्दा एकता झन् परपर धकेलिदै छ । एमालेका अध्यक्ष समेत रहेका प्रम ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पटक–पटक वार्ता भएपनि कुनै ठोस् सहमति हालसम्म हुन सकेको अवस्था छैन । दुवै नेताबीच भएको वार्ता केवल औपचारिकतामा मात्र सिमित भएको छ । केही दिन यतादेखि ओलीको क्रियाकलापबाट प्रचण्ड र प्रचण्डको लेडेढिपीबाट ओली झन्झन् ससंकीत बन्दै गएको अवस्था छ । यस्तो अवस्थामा दुई दलबीच एकता हुन्छ भन्नु गोरु ब्याउँछ भन्नु जस्तै हो भन्न थालेका छन् राजनीतिक विश्लेषकहरु ।






Social Buttons