Latest News

ओलीको समावेशी नमूना !

छहरा÷साप्ताहिक । जातीय र वर्गीय अधिकारको लागि मुलुकले समानुपाति नीति अवलम्वन गरेको छ । यही कारण सबै क्षेत्रमा विनाभेदभाव समावेशीताको आधारमा जनजातिलगायतका मानिसहरुलाई पनि राज्यको हरेक निकायमा प्रतिनिधित्व गराउने लिखितम गरेको हो । लिखितममा अल्प संख्यक जातिकालाइृ त सबै क्षेत्रमा आरक्षणको व्यवस्था गरिने भनिएको छ ।
यही सवाललाई अक्षरस पालना गर्ने बाचाकासाथ प्रधानमन्त्री पदमा आसीन हुन पुग्नु भएका क.खड्ग प्रसाद ओलीले ‘पहिलो गासमै ढुंगा’ भनेझैं समावेशीको सिद्धान्तलाई तिलाञ्जली दिँदै आफ्ना स्वकीय सचिवालयमा यसरी सहयोगीहरु भर्ती गरेका छन् ।
मुख्य सल्लाहकार –विष्णु रिमाल(मन्त्रिस्तर), जनसम्र्पक सल्लाहकार –अच्युत मैनाली(राज्यमन्त्री सरह), प्रेस सल्लाहकार –कुन्दन अर्याल(राज्यमन्त्री सरह), प्रेस संयोजक –चेतन अधिकारी (सहसचिव सरह), सुचना सम्प्रेषक –रामशरण बजगाई(उपसचिव सरह), कार्यक्रम तथा भेटघाटको फोटो खिच्ने जिम्मेवारी सम्हाल्नेमा –कृष्ण पौडेल(सहसचिव सरह), स्वकीय सचिवालयमा –दीपेन्द्र दाहाल(सहसचिवसरह), स्वकिय सचिव –राकेश बज्राचार्य(सहसचिव सरह), स्वकीय सचिव –युवराज दाहाल(उपसचिव सरह)
यस पटक प्रधानमन्त्री ओलीले एकजना आदिवासी जनजाति बाहेक सबै ब्राह्मण समुदायबाटै सचिवालय टिम बनाएका छन् । बीस वर्षभन्दा बढी ओलीको सचिवालयमा रहेर सघाएका इन्द्र भण्डारीलाई प्रमुख स्वकीय सचिव नबनाएकामा भने एमाले पंक्तिभित्रबाटै ओलीको आलोचना भइरहेको छ ।
« PREV
NEXT »

यसमा तपाइको मत