Latest News

३३ अर्ब हिनामिना–३ करोड धलौट

काठमाडौं । छहरा साप्ताहिक । दश अर्ब भ्रष्टाचार गरेको भनि अख्तियारद्वारा प्रमाणसहित विशेष अदालत बुझाइएका राजश्व मारा चुडामणि शर्मा अपत्यारिलो ढंगले केवल  १ करोड मात्र धरौटी बुझाई छुटेपछि अब नेपालमा भ्रष्टाचारीहरुको विगविगी झनै बढ्नेभो भनि स्वाभीमानि नेपालीहरुले भन्न थालेका छन् ।
कर फस्छ्र्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मा एक करोड रुपैयाँ बैंक ग्यारेण्टी बुझाएर छुटेका हुन् । विशेष अदालतले शर्मासँग १ करोड धरौटी तोकेको हो । विशेष अदालतका सदस्यहरु द्वारिकामान जोशी सहित रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोख्रेलको इजालसले उक्त रकम तोकेको प्रवक्ता नगेन्द्र केसरीले बताए । भ्रष्टाचारका यस्तै अर्काे दुई राजस्व मारा गत शाता नै विशेष अदालतमा हाजिर भएका थिए । कर फछ्र्याैट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल पनि रिहा भैसकेका छन् । अख्तियारले तीनै जनामाथि अनियमितता गरेको भनि प्रतिव्यक्ति १० अर्ब ९६ करोड रुपैयाँका दरले विगो र जरिवाना माग गरि अदालतमा मुद्दा दायर गरेको थियो । जबकी विगो र जरिवाना माग दावी गरेको तिनै जनाको रकम जोड्दा करिब ३३ अर्बको हाराहारी हुन आउँछ । राजस्व चुहावटको आरोप प्रमाणित भए विगो र त्यसको जरिवाना दोब्बर हुन आउँछ । अख्तियारले करिब ४५ वटा फाइल माथि भएको अनुसन्धानमा प्रत्येकलाई तीन अर्ब ६५ करोड रुपैयाँको माग दाबी गरेको थियो । त्यसको दोब्बर बराबरको माग दाबि गर्दा प्रत्येकलाई ७ अर्ब रुपैयाँ जरिवाना हुन आउँछ । आयोगका हरेक पदाधिकारीलाई विगो र दोब्बर बराबरको जरिवाना गर्दा प्रत्येकलाई १० अर्ब ९६ करोडको माग दाबी छ । अख्तियारले कुल १ हजार ६९ फाइल मध्ये पहिलो चरणमा ४५ वटा माथि अनुसन्धान गरेको थियो । गत चैतमा महालेखा परिक्षकको कार्यालयले वार्षीक प्रतिवेदन पेश गर्ने क्रममा कर फर्छ्र्याैट आयोगबाट यति ठूलो परिणाममा हिनामिना गरेको उल्लेख गरिएको छ ।

« PREV
NEXT »

यसमा तपाइको मत