
काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता लोकेन्द्र विष्टले प्रचण्डको चरित्र माथि गम्भीर आरोप लगाउँदै कहिल्यै माओवादी केन्द्रमा नफर्कने गरी पार्टी परित्याग गरेका छन् । यसभन्दा अघि पनि पार्टी परित्याग गरेको विष्टले अब पार्टीमा नफर्कने बताएका छन् । उनले आफ्नो राजिनामा प्रचण्ड सामु बुझाएको बताइएको छ । ‘मैले पार्टीको केन्द्रीय कार्यसदस्य पर्यटन र केन्द्रीय उत्पादन विभाग, पर्यटन विभागको इन्चार्ज र पार्टी सदस्यबाटै राजिनामा दिएकोे छु । म अहिले स्वतन्त्र छु । उनले राजिनामा पत्रमा लेखेका छन्– हिजो पार्टी सदस्य लिने बेलामा पनि स्वतन्त्र थिए । पार्टी सदस्य लिएर चालिस वर्ष काम गरे, अब पनि फेरी म स्वतन्त्र भए । अब कता लाग्ने वा नलाग्ने मेरो नीजि विचार हो । न म प्रचण्ड र माओवादीको एकता हुने पार्टीमा हुन्छु, न प्रचण्डको पार्टीमा छु, न त अर्काे कोहीको, अहिले म स्वतन्त्र छु ।’ कुनै ठोस जिम्मेवारी दिए फेरी माओवादीमा फर्कनु हुन्छ ? भन्ने किरात पोष्टको जिज्ञासामा उनले भने– ‘म अब फर्कन्न । अब मलाई माओवादीमा काम गर्न पुग्यो । मैले अझैं ५÷७ वर्ष गर्छु भन्ने सोचेको थिए तर भएन । मेरो मात्रै के कुरा धेरै साथीहरु त्यहाँ घाम तापेर बसेका छन् ।’
यति मात्र नभएर विष्टले अध्यक्ष प्रचण्डमाथि विभिन्न २६ बुँदे आरोप समेत लगाएका छन् । बाम धु्रवीकरणमा १० बुँदे र अन्य १६ बुँदे आरोप अध्यक्ष प्रचण्डमाथि लगाएका हुन् ।
‘लभ गर्ने एउटासित लगन गाँठो अर्काेसित ।’ भन्ने एउटा गर्ने अर्कै, ओठमा चुम्बन गर्ने, पिठ्यूमा छुरा रोप्ने, दिनलाई रात, रातलाई दिन, लुकिङ्ग लन्डन, टर्निङ्ग टोकियो, हातका लागि साथ बिर्सने, लाभका लागि भात बिर्सने, हिड्दै पाईला मेट्दै गर्ने, डर मान्नेको भर मान्ने, भर मान्नेको डर मान्ने, साथी र सहिदको रगत लासमाथि आफ्नो निजी र निहित स्वार्थपूर्तिमा चुर्लुम्म डुब्ने चरम अविश्वसनीय चरित्र र प्रवृत्ति प्रचण्डमा निहित छ विष्टले भने ।
यसमा तपाइको मत
Social Buttons