प्रचण्डाका अनुसार शान्तिवार्ता भाँडिने डरले त्यसबेला जनजातिका सम्बन्धमा उठाईनुपर्ने महत्वपूर्ण मुद्दा वार्ता क्रममा छाडेको थियोभने । तर ती बुद्धाहरु के के थिए ? वार्ता भाँडिन सक्ने ती बुदाले नेपालको सामन्तवादलाई कति अप्ठ्यारो पारेको छ भन्ने कुरा अहिले पनि रहस्य मै छन् । जुनबेला जुन विषयले महत्व पाउनु पर्छ त्यो विषय त्याग्ने, अनि पछि हामीले शान्तिवार्ता भंग हुन्छ भन्ने डरले जनजातिको कुरो उठाएनौं भन्ने ? के जे गरे पनि हुने प्रचण्डहरुलाई ।
अब यस्तो गर्दैनौ पनि भन्ने यस्तो द्वैध चरित्रले राजनैतिक दलका नेताहरु ग्रस्त भएको प्रमाण फेरी प्रचण्डद्वारा जुटाइएको छ । माओवादी जस्तो जनजातिको सवालमा स्पष्ट भएको पार्टी जातीय स्वशासनको मुद्दालाई चर्काएर सक्रिय शासन व्यवस्थाको वकालत गरेको शक्तिले समेत वार्ता भाँडिने बहानामा मुलुककै अस्तित्व बोकेका आदिवासी, जनजातिको विषयलाई त्याग्नु भनेको ठूलो भूल हो । प्रचण्डलाई यसमा जनजातिले माफ दिने छैनन् भनि जनजाति क्षेत्रका व्यक्तिहरुले भन्ने थालेका छन् ।
फेरी पनि जनजातिलाई झट्का
ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचान सहितको संघीयताको पक्षमा समग्र आदिवासी जनजातिहरु लागिपर्नुको अर्थ हो, मानवअधिकार तथा राजनैतिक अधिकारसँग वैधानिक रुपले सम्बन्धित रहेको स्पष्ट छ । तर हालै एमाले माओवादी केन्द्र र नयाँशक्ति बीच भएको तीन पार्टी एकताको घोषणामा उल्लेख छ बुँदे सहमतिमा फेरी पनि आदिवासीहरुको उपरोक्त सवालहरुलाई धोती लगाई दिएको पाइन्छ । यसको अर्थ जनजातिको बाहुबलबाट जनयुद्ध लडेका कमाण्डर प्रचण्डले अको पल्ट जनजातिलाई धोका दिएका छन् । यो एकता अभियानले पनि पहिलो गाँसमै ढुंगा भनिएझै आदिवासी जनजाति, मधेस, थारुवान, मुश्लिमलगायतका समुदायका जल्दाबल्दा समस्याहरुलाई सम्बोधन गर्ने संकेत सम्म पाइएको छैन । यो बाम एकताले विगतमा भएका आदिवासी जनजाति संघसंस्था र समुदायसँग सरकारी वार्ता टोलीले गरेको २० बुँदे लगायत पटक–पटकको सहमति र सम्झौतालाई समेत वेवास्ता गरेको देखिन्छ ।
तात्कालिन उपप्रधानमन्त्री तथा शान्तिमन्त्री रामचन्द्र पौडेलले जनजाति समुदायलाई गुमराहमा पार्न २० बुँदे सहमति गरेका थिए । सोही समयमा उक्त २० बुँदे सहमति र सम्झौतालाई आदिवासी, जनजाति तथा मधेसी, थारुवान, समुदायले धोका हो भनि टिप्पणी समेत गरेका थिए । यसरी नै पटक पटक सहमति र सम्झौताको नाममा मधेसी र जनजातिहरुलाई थाउन्नमा सुताउने खेल यी ठूला तीन दलहरुले खेल्दै आएका छन् । र त्यसैलाई बाम एकता अभियानले पनि निरन्तरता दिने काम गरेको छ । यसतर्फ आम आदिवासी जनजाति, मधेसी चनाखो भएर प्रतिकारमा उत्रनुको विकल्प छैन ।






Social Buttons