Latest News

आदिवासी जनजाति ‘सुतेका बाघ’

लेम्लेम्मा

बाजेले कथा सुनाउँथे स्वर्गवासी राजा महेन्द्रले ‘गाउँफर्क राष्ट्रिय अभियान’ लिएर गाउँ पसेको सबैलाई थाहै छ । यो खाल्डोबाट निस्केर बाहिर स्थानीय तहमा पुग्ने बित्तिकै आदिवासी जनजातिहरुको घना बस्तीमा आफुलाई उकुसमुकुस नबनाइरहन सकिँदै सकिन्न । व्यक्तिहरुमा राजाले आफ्नो मिसन लिएर ‘माझ किरात’ पुगेछन् । आफ्ना स्वाभिमानमा नडग्ने, चापलुसीमा कुनै ठालुको अगाडि नझुक्ने, इमान्दारितालाई आफ्नो संस्कृति ठान्ने विभिन्न काण्डहरु घटाएर सत्ता हत्याउँने षड्यन्त्रको खेलमा राजनीतिलाई केन्द्रित बनाउने शासकहरुप्रति घृणा प्रकट गर्ने र मुलुक निर्माणमा कुनै एक पक्षको मात्र हालिमुहालि नभएर समानुपातिक साझेदारिता तथा समावेशीकरणको सिद्धान्तप्रति निष्ठावान् प्राकृतिक विशेषता बोकेको पूर्वमाझm किरातको भद्रभलाद्मी स्थानीय प्रतिनिधिहरुसँगको भेट पाएपछि राजा महेन्द्रको टोलीमासँगै गएको एक भारदारले माझ किरातका जनताहरुलाई इङ्गित गर्दै राजासमक्ष प्रश्न टक्र्याएछन् “ महाराज ! यी कस्ता मान्छे (जाति)हरु हुन् ?”
प्रत्युत्तरमा स्व.राजा महेन्द्रले मुस्कुराउँदै जवाफ दिएछन् “यी मान्छेहरु सुतेका बाघहरु हुन्, जसलाई सचेत गराउन हामी यहाँ आएका छौं ।”
वास्तवमा हरेक प्राणी निदाउने र ब्यूँझने गर्दछ । यदि प्राणपखेरु उडिसकेको छैन भने त्यो प्राणी निद्रा पुगेपछि ब्यूँझन्छन्, यो प्राकृतिक विशेषता हो । हो, बाघ निदाएपछि अवश्य ब्यूँझन्छ । ब्यूँझिसकेपछि उसलाई भोक लाग्छ । बाघसँग यस्तो विशेषता हुन्छ कि उसलाई भोक लागेपछि बरु ऊ मर्न तयार हुन्छ तर उसले घाँस खाँदैन । घाँस खानु बाघको प्राकृति चारित्रिक विशेषता होइन, उसलाई शिकार नै चाहिन्छ । शिकार पनि अरु कसैले मारेर दिएको होइन कि आफैं मारेको खान्छ, यो नै बाघको विशेषता हो । यस प्रसंगबाट स्पष्ट हुन्छ कि यहाँका जोसुकै शासकहरुको नजरमा साँच्ची नै यहाँका आदिवासी जनजातिहरु भनेका शेरहरु हुन् । मरेको बाघका छालामा स्यालहरु रजाइँ गरेझैं यहाँ क्रमशः शासन सत्ताका खेतीमा रमाइरहेका छन् । विशेष कारणवश यहाँका आदिवासी जनजातिहरु मौनतासँग निदाइरहेको अवस्थामा यिनलाई अझ निदाई रहनै दिनु भनेर षड्यन्त्रको खान्टोहरु ओढाइ दिन उद्यत देखिन्छ, यहाँका दषिणपछि एवं वामपन्थी आगन्तुक पर्यटक शासकहरु । यहाँ कोही पनि शासकहरु यो मुलुकको आदिवासी जनजातिहरुप्रति उदार देखिएनन । पक्कै पनि यिनलाई हेक्का नभएको हुनुपर्छ कि अब आदिवासी जनजातिहरुमा आफ्नो हक र अधिकारको राजनीतिक चेतनाको बिजारोपण भइसकेको छ । टुसारोपण भइसकेको छ । निदाएको आदिवासी बाघरु अवश्य ब्यूँझने छन् । त्यसबेला उसलाई कसैले निगाहमा दिएको खास्टोरुपी पुन्कीले चित्त  बुझाउँदैन, उनीहरुलाई स्वयंसिद्ध अधिकार नै चाहिन्छ । उसलाई कसैले लादेको कर्तव्यपराणयता हुँदै होइन, उसलाई आफ्नो मौलिक अधिकारको उपभोग नै चाहिन्छ । त्यो कसैद्वारा होइन, उनीहरु आफैद्वारा प्राप्त गर्नेछन् । यसैले यहाँ बुझ्नु के जरुरी छ भने उनीहरुलाई दयामायाको आरक्षण होइन, पूर्ण अधिकार र साम्प्रदायिक सद्भाव समानुपातिक प्रतिनिधित्वको अवस्था चाहिएको छ । यस कुरालाई सबैले हेक्का राखौं ।
छहरा साप्ताहिकबाट (सम्पादक गोपाल छाङछा राई)

« PREV
NEXT »

यसमा तपाइको मत