Latest News

‘नेता मारेर शुरु हुन्छ अभियान’

काठमाडौं । नेकपा विप्लब समूहको महासचिव नेत्र विक्रम चन्द विप्लबले ‘जनता मारेर होइन, नेता मारेर शुरु हुन्छ हाम्रो अभियान’ भनी ‘ट्वीट’ गरेको भोली पल्टै सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहालले ‘नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफुलाई मार्न खोजेको खुलासा गरेर विप्लवको उक्त ट्वीटलाई पुष्टि गरेका छन् ।
वाइसीयल नेपालले आयोजना गरेको शहीद तथा बेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै, पूर्व प्रम समेत रहेका प्रचण्डले उक्त आसय व्यक्त गरेका हुन् । कार्यक्रममा उनले भने ‘हिजो सँगसँगै सहकार्य गरेका, मेरै सचिवालयमा समेत काम गरेकाले मलाईनै मार्ने षड्यन्त्र गरेको माइनुट समेत गरेको मैले सूचना पाएको छु ।’ पुष्पकमल दाहाल प्रचण्डले सो अवसरमा विप्लवलाई विद्रोहको बाटो नभई अर्काे नयाँ बाटो खोज्न अपील गर्दै शान्तिपूर्ण राजनीतिमा आउन समेत सुझाब दिएका छन् ।

« PREV
NEXT »

यसमा तपाइको मत