Latest News

टोनी हेगेनले इतिहास बंग्याए

स्वामी प्रपन्नाचार्यले विदेशी लेखकहरुले “नेपालको ईतिहास बंग्याउने, सफेद झुट लेख्ने गछ्र्रन् ।” त्यसै भनेका होइनन् रहेछन् । जसको सप्रमाण छहराले यहाँ प्रस्तुत गरेको छ । राई, लिम्बू, सुनुवार, याक्खा, देवान सबै किराती समुदायमा पर्छन् भन्ने कुरामा कसैको दुईमत छैन । तर यहाँ एक विदेशी लेखकले किरात सुनुवारलाई पानी नचल्ने अर्थात् सुन कमाउने जाती भनि सफेद झुट लेखेर नेपाली समाजमा भ्रमको खेती गरेका छन् । उदाहरणको लागि स्वीट्जरल्याण्ड निवासी भूगर्भशास्त्री सर टोनी हेगेनले किराती मुलका सुनुवार जातिलाई आफ्नो पुस्तक ल्भउब ित्जभ प्ष्लनमयm ष्ल तजभ ज्ष्mबबिथब मा सुन कमाउने सुनारको रुपमा परिभाषा गरेको कुरा थाहा हुन आएको छ ।
सर हेगेनको १९८० को प्रकाशित उक्त किताबको पेज नं. १२३ र ८७ मा सुनुवार जातिलाई गरिएको परिभाषा अनुसार सुनुवार जातिको मूल थलो सुनकोशी नदीको माथिल्लो भागा हो र तिनीहरु आफूलाई उच्चस्तरको कलाकारी सुन कमाउने सुनार र विशिष्ट प्रकारको कारिगरी कामीसँग सम्बन्ध गरेको आशय व्यक्त गरिएको छ ।
उक्त वाक्यले जनजाति खेमाका किराती सुनुवार समुदायलाई ठूलो आघात पुगेको छ । उहाँ भूगर्भशास्त्री भए पनि नेपालको बारेमा विभिन्न विषय तथा समुदायको बारेमा जानकारी राख्ने व्यक्ति हुनुहुन्छ । यहाँ १९५९ देखि ६० सम्म द्यबकष्अ क्गचखभथ म्भउबचतmभलत या ल्भउब िको निर्देशक हुनुहुन्थ्यो । नेपालका लागि दोस्रो सांस्कृतिक राजदूत पनि हुनुहुन्थ्यो । उहाँलाई नेपाल जनताको आँखाको तारा भनेर चिनिन्थ्यो । १९५२ मा उहाँ नेपालका लागि भूगर्भशास्त्रीको रुपमा नियुक्त हुनुहुन्थ्यो । विभिन्न पदमा काम गर्दा नेपालका सबै भागमा घुमिसक्नु भएको हुनुपर्छ । यतिका अनुभव र विद्वान् व्यक्तिबाट यत्रो ठूलो भूल कसरी हुनगयो ? के यो भाषा अनुवादको मात्र गल्ती थियो कि ? स्वीस भाषामा लेखिएको उक्त किताब इहायचम बलम क्ष्द्यज् एगदष्किजष्लन कम्पनीले प्रकाशन गरेको थियो भने अंग्रेजी अनुवाद ब्रिटाएम चाल्सटनले गरेको थियो । यत्रो ठूलो भूललाई केवा भाषा अनुवादको दोष भनेर टार्न मिल्दैन । इतिहासकार प्रेमबहादुर माबोहाङ र बि.ढुंगेलका विचारमा जनजातिका वंश हायु र चेपाङ्ग जाति किराती राजाको १० पुत्रका एक पुत्र सुहा चेपाङ्गको आधुनिक पिढी हुन् भनेका छन् । उक्त विचारलाई इतिहासविद् दुर्गाहाङ याख्खाले सहमत जनाएका छन्
यसै गरी सुनुवार समुदायको बारेमा नेपालकै पाठ्यपुस्तक कक्षा ६ को सामाजिक शिक्षामा पनि सुनुवारलाई सुनको काम गर्ने भनि भ्रामक परिभाषा गरेको छ । यसको विरोध सुनुवार समुदायले सम्बन्धित निकायमा गरिसकेको भएतापनि त्यसका सुधारप्रति कुनै चासो नदेखाएकोले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै कही यस जातिको अस्तित्वमाथि भ्रामक त फैलाउने षड्यन्त्र  नै हैन भन्ने विचार हुनु स्वभाविक हुन गएको छ । यस्ता कुरालाई सही अर्थमा प्रस्तुत गर्न र सही सूचना प्रदान गर्न सर टोनी हेगेनले पिछडिएका प्रकाशनहरुमा सुधार गरी प्रकाशन गर्नुपर्दथ्यो । तर १९९८ को चौथो प्रकाशनमा पनि त्यो जातिको परिचय नै हटाइदिएको छ र यस भ्रामकलार्य कायमै राखेको छ । यी भूलहरुलाई समयमै प्रतिष्ठित व्यक्तित्वले बोकेका टोनी हेगेनले र नेपालका पाठ्यक्रम पाठ्यपुस्त विकास केन्द्रले समयमै सुधानृ नसकेमा सुनुवार समुदायलगायत सम्पूर्ण जनजाति संगठनले साझा आघात ठानी संयुक्त चुनौती दिने दिन नआउला भन्न सकिन्न ।

« PREV
NEXT »

यसमा तपाइको मत