Latest News

जातीय विभेद भाषणले मात्रै हट्दैन

गोपाल छाङछा राई

(सन्दर्भ जातीय भेदभाव तथा छुवाछुत दिवस)

काठमाडौं । छहरा । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस यसपटक पनि जेष्ठ २१ गते मनाइयो । दिवस मनाइरहँदा यसको हरेक भेगहरुमा कथित उच्च जातिकाले दलित भनिने जातीमाथि पानी भर्ने पँधेरोको लाइनमा, मठमन्दिरको लाइनमा पस्नबाटै निषेध गरिएको घटना देखि लिएर अन्य विभेदका घटनाहरु बग्रेल्ती घटेका छन् । यसो हुनुमा नियम कानून बनाइन्छ तर त्यसलाई व्यवहारमा प्रयोग नगर्नुले नै हो । विभेदको विरुद्ध आवाज उठाउने उद्देश्यले खोलिएका च्याउँझै संघसंस्थाहरुले लक्षित वर्गमा नपुगी तारे होटलहरुमा सेमिनारमा सिमित रहि कागजपत्र मिलान गर्दै डलर पचाउने गर्दछन् ।
जात पात छुवाछुत जस्तो विभेदको सवालमा विगतदेखि नै देशमा ठूलाठूला कुराहरु हुने गरेको सबैलाई थाहै छ । यस सवालमा अरबौ विदेशी सहयोग प्रत्येक आर्थिक वर्षमा भित्रिन्छ यी रकमहरु जातपात र छुवाछुतको अन्त्य गर्ने नाममा खोलिएका संघसंस्थाहरुले सेमिनारमा खर्च गरी अरु रकमहरु ठेकेदारको खल्तीमा पर्ने गर्दछ । सुदूरपश्चिमको छाउपडि प्रथा,्हलिया प्रथा पनि छुवाछुतसँग जोडिएकाले सरकारले यस्ता सामाजिक कुरिती हलिया र छाउपडी प्रथालाई पूर्ण रुपमा अन्त्य गर्ने कदम चाल्नुपर्नेमा त्यसो गरिएको देखिदैन । दुर्गम जिल्लाका स्थानीय बासिन्दा, यस्तो अन्धविश्वासको चपेटामा अझै जकडी रहेकै छन् । जातीय विभेद जस्ता कुप्रथाहरुले घेरिएका समाजमा कार्यक्रम गरेर र भाषण गरेर मात्र होइन नियम सम्वत, कानून सम्वत विशेष कदम चालि हाल्नुपर्दछ । अर्थशिक्षित र गाउँघरमा मात्र होइन शिक्षित समाज र शहरमै पनि छुवाछुत जस्ता जघन्य थुप्रै घटनाहरु घट्ने गरेको हामीलाई थाहा छ । यस विषयमा सरकारले नियम कानून बनाएर मात्र हुँदैन यसलाई कडाइका साथ कार्यन्वयन गर्नुपर्दछ । नियम कानून मात्र बनाएर छुवाछुत उन्मुलन हुने भए हालै मात्र पनि जातपातको आधारमा विभेद गर्नेले १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ । उक्त ऐनमा उल्लेख भएअनुसार छुवाछुत वा विभेदको प्रकृति हेरी १महिनादेखि १ वर्षसम्म कैद वा २५देखि १ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर यस्ता नियमहरुलाई कडाईका साथ व्यवहारमा लागू नगर्दा निय कानून काजगको खोष्टामै सिमित रही छुवाछुत प्रथा ज्यूका त्यूक रहेको छ । यस तर्फ सरकारले गम्भीरताकासाथ लिनुपर्ने देखिन्छ ।
« PREV
NEXT »

यसमा तपाइको मत