Latest News

महिला चेम्बर अफ कमर्सद्वारा महिलाहरुको सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा महिला चेम्बर अफ कमर्सले समाजको विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिलाहरुको सम्मान कार्यक्रम आयोजना गरेको थियो । उर्मिला श्रेष्ठले अक्ष्यक्षको पदभार ग्रहण गरेपछि महिला उद्योग वाणिज्य संघले यो कार्यक्रम आयोजना गरेको हो । उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा समाजको विभिन्न क्षेत्रमा योगदान पर्याएका महिलाहरुलाई सम्मान गरिएको थियो ।
महिला चेम्बर अफ कमर्सले विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई यसरी पहिलो पटक सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरुको हक हित र व्यवसायिक कला विकासका निम्ति यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरिरहने बताउदै यस्ता कार्यक्रम गरिएन भने केही अधिकारकर्मीहरु कराउँदैमा अनि केही विद्वानले विचार लेख्दैमा समाजको चेतना परिवर्तन हुन सक्दैन । यो एक मार्गदर्शनमात्र हो । परिवर्तनको लागि राज्यले यस्तो कानून बनाउनु पर्यो कि भोली कुनै पनि विभेदको नाम पनि सुन्न नपरोस् र विभेदकारी समाजमा बिर्काे लागोस् । जसले. गर्दा समाज यस्तो बनोस कि कुनै पनि व्यक्ति महिला भएकै कारण अधिकारबाट बन्चित हुन नपरोस् । सम्पत्तिको अधिकार छोरा र छोरीमा समान होस् । महिला भएकै कारण उसले सामाजिक उपेक्षाको सामना गर्न नपरोस् र छाउगोठमा बस्न नपरोस् । महिला भएकै आधारमा उसलाई दोस्रो दर्जाको व्यवहार नहोस्, अहिलेको अधिकारको लडाई भनेको यही हो । यस्ता विकृतिसँग लड्न लेखेर भाषण गरेर मात्र हुन्न यस्ता कार्यक्रमहरु गर्दै महिलाहरुलाई सम्मान पनि गरियोस् ।

« PREV
NEXT »

यसमा तपाइको मत