काठमाडौं । २०६३ पछि २०७५ फागुन १५ गते खराब मौसमकै कारण अर्काे कहालि लाग्दो हेलिकप्टर दुर्घटना हुन पुग्यो । फागुन १५ गते बुधबार भएको दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ईहलिला समाप्त भयो । दुर्घटनामा मन्त्री अधिकारी सहित, यतिका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, मन्त्रीका पीएसओ, प्रम कार्यलयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया र चालक प्रभाकर केसीको मृत्यु भएको छ ।
स्मरणीय छ यस अघि २०६३ सालमा पनि वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई सहित २४ जनाको ज्यान जानेगरी ताप्लेजुङ्गमै हवाई दुर्घटना भएको कहालि लाग्दो ईतिहास छ । २०६३ असोज ७ गते ताप्लेजुङ्गको घुन्सामा श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना हुँदा राज्यमन्त्री राईसहित उनकी श्रीमती मिना राई, भुगोल तथा योजनाविद् डा.हर्क गुरुङ्ग, संरक्षणविद् डा.तीर्थमान मास्के, वन तथा भूसंरक्षण मन्त्रालयका तत्कालिन सचिव डा.दामोदर प्रसाद पराजुली, वन विभागका महादिर्नेशक सरदकुमार राई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा.चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासेफिक प्रमुख मिङमा शेर्पा, ताप्लेजुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष विजय कुमार श्रेष्ठ, ताप्लेजुङ्गका दावा शेर्पा, दुई सञ्चारकर्मीलगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशीगरी २४ जनाको निधन भएको थियो । घुन्सामा कञ्जनजंघा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा बाक्लो ह्वुसुको कारण घुन्साको फलेभीरमा हेलिकप्टर ठोक्किएर सो दुर्घटना भएको थियो ।







Social Buttons